सर्वोच्चमा सन्दीप लामिछानेको मुद्दाको सुनुवाई आज

सर्वोच्चमा सन्दीप लामिछानेको मुद्दाको सुनुवाई आज

काठमाडौँ । बलात्कारको आरोप लागेका सन्दीप लामिछानेको मुद्दामा आज सर्वोच्च अदालतमा सुनुवाई हुने भएको छ । जिल्ला अदालतको आदेशपछि थुनामा रहेका सन्दीप उच्च अदालतको आदेशपछि रिहा भएका थिए ।

उच्च अदालतको आदेशविरुद्ध महान्यायाधीवक्ताको कार्यालयले सर्वोच्चमा पुनः सन्दीपलाई थुनामै राख्न माग गर्दै निवेदन दिएको थियो । सोही निवेदन उपर आज सुनुवाई हुन लागेको हो । सन्दीपलाई महान्यायाधिवक्ताको कार्यालयले लामिछानेलाई थुनामै राखेर मुद्दा अघि बढाउनुपर्ने माग गरेको छ । 

लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेश कानुन र सर्वोच्च अदालतको नजिरको समेत विपरित रहेको भन्दै महान्यायाधिवक्ता कार्यालय सर्वोच्च पुगेको हो । रिहा भएपछि सन्दीपलाई नेपाल क्रिकेट संघ क्यानले निलम्बन फुकुवा गरेको छ ।