कालिका शिअ उसु धार्मिक ज्ञान महायज्ञ २०७९ को आय–व्याय सार्वजनिक

कालिका शिअ उसु धार्मिक ज्ञान महायज्ञ २०७९ को आय–व्याय सार्वजनिक

कालिका शिअ उसु धार्मिक ज्ञान महायज्ञ २०७९ को आय–व्याय सार्वजनिक गरिएको छ ।

कालिका मन्दिर र शिअ उसु क्वानको संयूक्त आयोजनामा भएको महायज्ञको सोमबार पत्रकार सम्मेलन गरि आय–व्याय सार्वजनिक गरिएको हो ।
मुल आयोजक समितिका संयोजक खगेन्द्र अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा आर्थिक व्यवस्थापन तथा संकलन उपसमितिका संयोजक ताराप्रसाद भुषाले महायज्ञ अवधिको आम्दानी र खर्च विवरण सार्वजनिक गरेका हुन ।

उनका अनुसार महायज्ञमा कलश, शालीग्राम परिक्रमा, धान विक्री, तुलादान, ब्रहामण भोजना, ब्रतबन्ध, प्रसाद र चन्दादाता लगायतबाट १६ लाख ९५ हजार एक सय ७६ रुपैयाँ आम्दानी भएको छ । 

यस्तै, प्रचार–प्रसार माईकीङ तथा भिडियो, पुजा सामाग्री, कलश, पानस तथा भाडाकुडी खरिद, खाद्यान्न, दुध, दही, पनिर तथा तरकारी, ब्यानर, ठेली, फ्रेम, सरसफाई लगायत विभिन्न शिर्षकमा गरि ११ लाख ५५ हजार सात सय ३७ रुपैया खर्च भएको उनले जानकारी दिए ।

महायज्ञ आयोजनाबाट आम्दानी र खर्च गर्दा पाँच लाख ३९ हजार चार सय ३६ रुपैयाँ नाफा भएको छ भने जयबहादुर काकीले शिव मन्दिर निर्माणका लागि ५० हजार बराबरको निर्माण सामाग्री उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेको उनले बताए । उनले भने –‘महायज्ञमा विभिन्न व्यक्तिहरुले सहयोग रकम घोषणा गरेको तर, नउठेकाले समावेश गरेको छैन् ।’

धनगढी उपमहानगरपालिका वडा नम्बर ७ मा माघ ८ गतेदेखि १४ गतेसम्म महायज्ञ सञ्चालनमा भएको थियो । 

आय–व्याय सार्वजनिक कार्यक्रममा वडा अध्यक्ष मोति राना थारुले समाजमा सहयोग गर्ने भावना रहेमा विकास र आम समुदायका समस्या समाधान गर्न मद्दत पुग्ने बताए । उनले वडाका विकासका लागि सबै एकजुट हुनुपर्ने बताए ।