पत्रकार सम्मलेन गर्दै विप्लव

पत्रकार सम्मलेन गर्दै विप्लव

काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले आज पत्रकार सम्मेलन गर्ने भएका छन्। 
बुधबार दिउँसो उनले पत्रकार सम्मलेन गर्ने बताइएको छ। पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक विषयवस्तुका बारेमा उनले पत्रकार सम्मेलन गर्न लागेका हुन्। 

साथै उनले आफ्नो पार्टीसँग सरकारले गरेका सम्झौताका बारेमा पछिल्लो कामकारबाहीका बारेमा पनि जानकारी दिने बताइएको छ।