प्रदेश बाटै श्रम स्वीकृती  दिन सुरु गरे पनि सेवाग्राहीका समस्या ज्यूँ का त्यूँ

प्रदेश बाटै श्रम स्वीकृती  दिन सुरु गरे पनि सेवाग्राहीका समस्या ज्यूँ का त्यूँ

धनगढी : पुनः श्रम स्वीकृतिका लागि काठमाण्डौं धाउने समस्याको अन्तय गर्न सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा माघ ११ गते स्थापना गरिएको श्रम तथा रोजगार कार्यालयमा सेवाग्राहीहरुले सजिलो गरी सेवा पाउन नसकेको बताएका छन  । पुनः श्रम स्वीकृति लिन आउने सेवाग्राहीहरुले समयमा काम हुन समस्या रहेको बताएका छन् ।

पुनः श्रम स्वीकृति सेवा शुरु गरेको ३ महिना भई सक्दा पनि  कर्मचारीको अभाबले गर्दा  सेवाग्राहीहरुले समस्या भोग्नु परेको गुनासो गरेका छन ।

बैदेशिक रोजगारमा जाने सुदुर पश्चिमवासीलाई सहज होस भन्ने उद्देश्यले संघीय सरकारले प्रदेशस्तरमै पुनः श्रम स्वीकृति दिने ब्यवस्था शुरु गरेको थियो । प्रदेशबाटै सेवा पाइने भएपछि खुशी भएका सर्वसाधारण हिजोआज श्रम तथा रोजगार कार्यालय धनगढीमा हुने ढिलासुस्तीले निराश हुन थालेका छन् । कार्यालयमा पुनः श्रम स्वीकृति दिने काम शुरु गरिएको ३ महिना पुगेको छ ।

 कार्यालयमा १४ जना कर्मचारीको दरबन्दी  छ । तर हाल कार्यालयमा जम्मा पाँच कर्मचारी र तीन कार्यालय सहयोगी गरी आठ जना मात्रै कार्यरत छन् । धनगढी बाट श्रम स्वीकृती  दिन सुरु गरे पनि सेवाग्राहीका समस्या समाधान हुन सकेका छैनन् ।

कार्यालयमा बिमा र अन्य काम को लागी पनि २ देखि ३ दिन सम्म कुर्नु पर्ने श्रम लिन आउनुभएका बीर बहादु बिष्टले गुनासो गर्नुभयो । उहाँ जस्तै धेरै सेवाग्रहीहरुले कर्मचारी हरुको अभाव का कारण काममा ढिलाइ हुने गरेको र कार्यालयमा भएका कर्मचारीहरुको समेत उचित ब्यवस्थापन नभएकाले समस्या भईरहेको बताएका छन ।

यता  श्रम तथा रोजगार कार्यालयले  कार्यालयमा उपसचिव स्तरको कार्यालय प्रमुखको दरबन्दी रहे पनि सरकारले अहिलेसम्म नपठाएको जानकारी दिएको छ  । श्रम तथा रोजगार बिभागले अनुमति दिए एक जना भाषा अनुवादक एक जना कम्प्युटर अपरेटर धनगढी स्थित कार्यालयले नियुक्त गरेको छ ।

कार्यालयका अनुसार दरबन्दी अनुसार कर्मचारी नहुँदा र वैदेशिक रोजगार दुर्घटना बीमा गर्न तथा कल्याणकारी कोष रकम जम्मा गर्ने बैंक टाढा भएको हुदा ढिलाई हुने गरेको छ । कार्यालयका सूचना अधिकारी जयदेब बिष्टले दुर्घटना बीमा गर्ने कम्पनीको समपर्क कार्यालय र बैंकको काउण्टर मात्रै पनि आफ्नो कार्यालयभित्रै भइदिने थोरै कर्मचरीले पनि सेवा छरितो गर्न सक्ने बताउनभयो ।

उहाँका अनुसार तीन महिनाको अवधिमा आइतबार सम्मको तथ्यांक हेर्दा ७ सय ६८ जनाले पुनः श्रम स्वीकृती लिएका छन् । सबैभन्दा बढी कञ्चनपुर जिल्लाबाट श्रम लिनेको संख्या बढेको कार्यालयले जनाएको छ ।

बैदेशिक रोजगारबाट विदामा घर फर्किएका सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका सेवाग्राहीलाई पुनः श्रम स्वीकृतिका लागि ७ सय किलोमिटर टाढाको काठमाडौं धाउनुपर्ने बाध्यताबाट मुक्त गर्न गत माघदेखि कैलालीबाटै पुनः श्रम स्वीकृति सेवा प्रदान गर्न शुरु गरेको हो  ।

त्यसकारण दरबनदी अनुसार कर्मचारीको ब्यवस्था गरी सेवाग्रहीहरुको  आवश्क्ता लाई पुरा गर्न तर्फ सरकारले ध्यान दिन आवश्यक छ ।