बझाङमा ट्रयाक्टर दुर्घटना

बझाङमा ट्रयाक्टर दुर्घटना

धनगढी । बझाङमा ट्रयाक्टर दुर्घटना हुँदा चालक घाइते भएका छन्। जिल्लाको वित्थडचिर गाउँपालिका वडा नम्बर १ पोखरी भन्ने स्थानमा ट्रयाक्टर दुर्घटना हुँदा चालक डडेल्धुराको परशुराम नगरपालिकाका टेकेन्द्र बोहरा घाइते भएका हुन्। 

बोहरालाई उपचारका लागि डडेल्धुरा रेफर गरिएको प्रहरीले जनाएको छ  । बुधबारराति सुपप्र ०१००२ त ४४१८ नम्बरको ट्रयाक्टर वित्थडचिर गाउँपालिका वडा नम्बर १ पोखरीमा सडकबाट करिब १०० मिटर तल खसेको थियो।