गौरीगंगा नगरपालिकालाई सुशासन र पारदर्शिता नगर बनाउन अगाडि बढ्छु: नगर प्रमुख कँडेल

गौरीगंगा नगरपालिकालाई सुशासन र पारदर्शिता नगर बनाउन अगाडि बढ्छु: नगर प्रमुख कँडेल

गौरीगंगा नगर प्रमुख देवीदत्त कडेलले गौरीगंगा नगरपालिकालाई सुशासन र पारदर्शिता नगर बनाउन अगाडि बढ्ने बताएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय  कंचनपुरको आयोजनामा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्बधी पालिका स्तरीय बिहिबार चौमालामा भएको अन्तरक्रिया  कार्यक्रममा सो कुरा बताएका हुन् ।

प्रमुख अतिथि रहेका नगर प्रमुख  देवीदत्त कडेलले जनमत माग्दा जनताको बिचमा म भ्रष्टाचार गर्दैन गर्न पनि दिने छैन भनेर हिजो पनि प्रतिबद्ध रहेको,आज र भोलि पनि प्रतिबद्ध रहने समेत बताए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय महेन्द्रनगरका उपसचिव  भुमिनन्द खनालले भ्रष्टाचारको प्रवृती, भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धनका लागि गर्नुपर्ने काम,नीतिगत तहमा सुधार र प्रणाली र प्रक्रिया सुधारको बारेमा जानकारी गराएका थिए ।अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगर कार्यालय प्रमुख राम बहादुर कुरुवाङले भ्रष्टाचारमा सुधार ल्याउन अख्तियारले अनुसन्धानमा लागि रहेको र भ्रष्टाचारीलाई कारबाही गर्न राजनीतिक तहले कानुन परिबर्तन गरि संरक्षण गरेकोले कार्यन्वयनमा समस्या रहेको बताए ।

विशिष्ट अतिथि गौरीगंगा नगरपालिका उपप्रमुख भोज बहादुर बम,प्रशासकीय अधिकृत हरिदत्त भट्ट,अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय प्रमुख राम बहादुर कुरुवाङको अध्यक्षतामा समपन्न भएको कार्यक्रममा ११ वडाका अध्यक्ष,नगरपालिका कार्यालयका  कर्मचारी,शिक्षक,स्वास्थ्यकर्मी र संघसंस्थाका प्रतिनिधि र प्रहरी प्रशासनको सहभागिता रहेको थियो ।