भारतीय विदेश सचिव क्‍वात्रा नेपाल आउँदै

भारतीय विदेश सचिव क्‍वात्रा नेपाल आउँदै

काठमाडौँ  । भारतीय विदेश सचिव विनयमोहन क्‍वात्रा आउँदो सोमबार नेपाल आउने भएका छन्। क्‍वात्रा दुई दिने औपचारिक भ्रमणका लागि आउँदो शुक्रबार काठमाडौँ आउन लागेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल’प्रचण्ड’, परराष्ट्रमन्त्री बिमला राई पौड्याल लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। क्‍वात्राले प्रधानमन्त्री प्रचण्डलाई भारत भ्रमणको निम्तोसमेत दिनेछन्।

उनले सत्ता साझेदार तथा विपक्षी दलका प्रमुख नेताहरुसँग पनि भेटवार्ता गर्ने जनाइएको छ। अमेरिकाले नेपालमा राजनीतिक सक्रियता बढाएका बेला छिमेकी भारतका तर्फबाट पनि भ्रमण तय भएको हो।