ठूला करदाता कार्यालयको कर निर्धारणविरूद्ध एनसेलले हाल्यो सर्वोच्चमा मुद्दा

ठूला करदाता कार्यालयको कर निर्धारणविरूद्ध एनसेलले हाल्यो सर्वोच्चमा मुद्दा

निजी क्षेत्रको दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलले ठूला करदाता कार्यालयविरुद्ध सोमबार सर्वोच्च अदालतमा रिट दायर गरेको छ ।

कर तिर्ने सात दिने म्याद सकिनु एक दिनअघि एनसेलले ठूला करदाता कार्यालयले निर्धारण गरेको पुँजीगत लाभकर चित्तबुझ्दो नभएको भन्दै सर्वोच्च अदातलमा रट दायर गरेको हो ।

६ दिनअघि ठूला करदाता कार्यालयले एनसेलले चुक्ता गर्नुपर्ने लाभकर ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८ सय १५ रूपैयाँ निर्धारण गरेको थियो । सो रकम चित्त बुझ्दो नरहेको भन्दै एनसेल सर्वोच्च गएको हो । साभार : राजधानी डेली