लागु औषध सहित कैलालीमा ३ जना पक्राउ

लागु औषध सहित कैलालीमा ३ जना पक्राउ

धनगढी । लागु औषध सहित कैलालीमा ३ जना पक्राउ परेका छन् । विभिन्न परिमाणको लागु औषध सहित दुई कैलालीका र एक बझाङका गरी तीन जना पक्राउ परेका हुन् । 

पक्राउ पर्नेहरूको साथबाट शङ्कास्पद अवस्थामा चेकजाँच गर्दा स्थायी घर बझाङको बुङ्गल नगरपालिका २ घर भई हाल कैलालीको गोदावरी नगरपालिका ४ गौरी गडा बस्ने ६२ वर्षीय गगने धामीको साथबाट चरेस जस्तो देखिने कालो बस्तु ४ के.जी., कैलालीको गोदावरी नगरपालिका ०१ बाँसबारी स्थित पुष्पराज पुन मगरको घरमा डेरा गरी बस्ने चुरे गाउँपालिका ३ बस्ने २३ बर्सकी निर्मला कुमारी रावतको साथबाट ३ ग्राम १६० मिलिग्राम लागु औषध खैरो हेरोइन र कैलालीकै गोदावरी नगरपालिका १ धनगढी रोड बस्ने २४ वर्षीय राजन हमाललाई नियन्त्रणमा लिई निजको घरबाट १ ग्राम ३४० मिलिग्राम लागु औषध खैरो हेरोइन बरामद गरी पक्राउ गरिएको कैलाली प्रहरीले जनाएको छ ।

उनीहरूलाई प्रदेश प्रहरी कार्यालय धनगढीको आरआईटी टोली र इलाका प्रहरी कार्यालय माला खेती कैलालीबाट सादा पोसाकमा खटिएको संयुक्त प्रहरी टोलीले लागु औषध सहित पक्राउ गरी इलाका प्रहरी कार्यालय माला खेतीको नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक खगेन्द्र साउँदले जानकारी दिए ।