चितवन २ मा वैशाख १० गते उपनिर्वाचन गर्ने निर्णय

चितवन २ मा वैशाख १० गते उपनिर्वाचन गर्ने निर्णय

काठमाण्डौं । चितवन क्षेत्र नम्बर २ मा आगामी वैशाख १० गते उपनिर्वाचन हुने भएको छ। निर्वाचन आयोगले रिक्त एक प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मिति तोकेको हो।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले वैशाख १० गते आइतबार चितवन २ मा उपनिर्वाचन गर्ने निर्णय भएको बताए।