मुख्यमन्त्री र नागरिक उन्मुक्ति पार्टीका संस्थापकबिच भेटघाट

मुख्यमन्त्री र नागरिक उन्मुक्ति पार्टीका संस्थापकबिच भेटघाट

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह र नागरिक उन्मुक्ति पार्टीका संस्थापकबिच भेटघाट भएको छ । आइतबार टीकापुर घटनाका मुख्य आरोपीका रूपमा डिल्लीबजार कारागार काठमाण्डौमा रहेका उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरी र मुख्यमन्त्री शाहबीच भेटघाट भएको हो ।

दुई जना बिच कारागारमा भएको भेटघाटलाई मुख्यमन्त्री शाहले सामान्य भेटघाट भएको प्रतिक्रिया दिएका छन् ।

यसैबिच शनिवार मुख्यमन्त्री शाहले नागरिक उन्मुक्ति पार्टीका संस्थापकको जानकी गाउँपालिका ९ स्थित घरमा चौधरीका परिवारसँग समेत भेटघाट गरेका छन् ।

शनिवार बिहान मुख्यमन्त्रीले चौधरीकी आमा सुनफीदेबी चौधरी र दिउँसो नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठसँग समेत टीकापुरमा भेटघाट गरेका थिए ।