प्रधानमन्त्री  प्रचण्ड आज सुदूरपश्चिम आउँदै

प्रधानमन्त्री  प्रचण्ड आज  सुदूरपश्चिम आउँदै

धनगढी । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज( सोमबार) सुदूरपश्चिम प्रदेश आउन लागेका छन् । प्रधानमन्त्रीमा नियुक्त भएपछि उनी पहिलो पटक सुदूरपश्चिम आउन लागेका हुन् ।

बिहान ८ः३० बजे नेपाली सेनाको जहाजबाट प्रधानमन्त्री धनगढी आउन लागेका हुन् । त्यो भन्दा पहिले उनी पेरिस डाँडामा जनयुद्ध दिवसको कार्यक्रममा सहभागी हुने छन् ।

१० बजे धनगढी पुग्ने र १०ः४५ सम्म गेटा स्थित मेडिकल कलेजको निरीक्षण गर्ने कार्यक्रम तय भएको छ । त्यसपछि प्रधानमन्त्री महेन्द्रनगर प्रस्थान गर्ने छन् ।

सुख्खा बन्दरगाह,महाकाली पुल, महाकाली कोरिडोरको निरीक्षण अवलोकन र छलफल गरेर महेन्द्रनगर फिर्ता हुने जनाइएको छ ।

२ः३० बजे जनयुद्ध दिवसको अवसरमा जिल्ला पार्टीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने र २ः४५ मा कञ्चनपुर महोत्सवमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उनी आजै काठमाडौँ फर्किने छन् ।