पेरिसडाँडामा मनाइयो जनयुद्ध दिवस

पेरिसडाँडामा मनाइयो जनयुद्ध दिवस

काठमाडौं । २८ औँ जनयुद्ध दिवसको अवसरमा पेरिसडाँडास्थित नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयमा कार्यक्रमको आयोजना गरिएको छ।

कार्यक्रममा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका नेताहरु सहभागी थिए। सो क्रममा प्रधानमन्त्री प्रचण्डले मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले शहीद स्तम्भमा माल्यार्पण समेत गरेका थिए। कार्यक्रममा नेताहरुले शहीदको बलिदानलाई सम्झिएका थिए।