नेकपा(एकीकृत समाजवादी)को सुदूरपश्चिममा प्रशिक्षण सुरु

नेकपा(एकीकृत समाजवादी)को सुदूरपश्चिममा प्रशिक्षण सुरु

धनगढी । नेपाल कम्युनिष्ट पार्टी(एकीककृत समाजवादी) सुदूरपश्चिमको प्रदेश स्तरीय प्रशिक्षण सुरु  भएको छ । 

समाजवादको नेपाली रुप, पार्टी संगठन निर्माण, युवा पुस्ताहरु लाई पार्टी प्रति आकर्षण बढाउन र कमिटी चलायमान बनाउन प्रशिक्षकहरु तयार गर्ने उद्देश्यले प्रशिक्षण कार्यक्रमको आयोजना गरेको बताए । 
 
पार्टीको नीति तथा कार्यक्रम मार्फत कार्यकर्ता लाई जागरुक पार्न ३ दिने प्रशिक्षण कार्यक्रमको आयोजना गरीएको पार्टीका प्रदेश इन्र्चाज गरीमा शाहले जानकारी दिए । 

प्रशिक्षणमा पार्टीका अध्यक्ष माधव नेपाल,उपाध्यक्ष प्रमेश हमाल, स्कूल विभागका सचिब अषेश घिमीरे, स्थायी कमीटी सदस्यहरुले प्रशिक्षण गराउने छन् । सोमबार देखी सुरु भएको प्रशिक्षण फाल्गुन ३ गते सम्म चल्ने छ । प्रदेश ९ जिल्लाहरु बाट ६० जना सहभागी छन् । प्रशिक्षक प्रशिक्षण पछि अभियानकै रुपमा जिल्ला, स्थानीय कमीटिहरुमा प्रशिक्षण गराउने तयारी रहेको सचिव दिनेशचन्द्र सुवेदीले जानकारी दिए । प्रदेश पार्टीका केन्द्रीय अध्यक्ष एव्म पूर्व प्रधानमन्त्री माधव कुमार नेपालको प्रमुख आतिथ्यता भएको कार्यक्रमको अध्यक्षता प्रदेश कार्यवाहक अध्यक्ष शेर बहादुर कुँवरले गरेका थिए ।