धनगढीमा नाला खोल्ने र अतिक्रमण हटाउने कार्य प्रारम्भ

धनगढीमा नाला खोल्ने र अतिक्रमण हटाउने कार्य प्रारम्भ

धनगढी । धनगढीमा नाला खोल्ने र अतिक्रमण हटाउने कार्य प्रारम्भ गरिएको छ ।

सोमबार देखी धनगढी उप–महानगरपालिका वडा न. २ र ३ को डुबान समस्या समाधान गर्न वडा न. २ भन्सार रश्मि मेडिकल नजिकबाट नाला खोल्ने र अतिक्रमण हटाउने  कार्य थालिएको हो ।

 

नाला खोल्ने र अतिक्रमण हटाउने  कार्यमा नगर प्रमुख गोपाल हमाल, उप–प्रमुख कन्दकला कुमारी राना, वडा न. २ वडा अध्यक्ष धर्मराज ओझा, ३ का वडा अध्यक्ष राज बहादुर ऐर र वडा नंं. ४ का वडा अध्यक्ष बुद्धि बहादुर खड्का एवं जनप्रतिनिधि सँगै स्थानीय वासीहरू को उपस्थिति रहेको नगरपालिकाले जनाएको छ ।