पूर्व प्रधानमन्त्री झलनाथ खनाल धनगढीमा

पूर्व प्रधानमन्त्री झलनाथ खनाल धनगढीमा

धनगढी । पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल धनगढी पुगेका छन्। 

मंगलवार खनाल पार्टीको प्रदेश स्तरीय प्रशिक्षणका लागि धनगढी पुगेका हुन्।

हिजो(सोमवार) देखि सुरु भएको प्रशिक्षण भोलि सकिनेछ। हिजो पूर्व प्रधानमन्त्री तथा समाजवादीका अध्यक्ष माधव नेपाल  प्रशिक्षण दिएर काठमाडौं फर्किसकेका छन्।

पार्टीका केन्द्रिय कमिटी सदस्य र ९ ओटै जिल्ला कमिटीका अध्यक्ष र सचीवलाई प्रशिक्षण दिइदै छ।

भोलि प्रशिक्षणका लागि घनश्याम भुसाल आउने बताइएको छ। प्रशिक्षणमा प्रशिक्षार्थीहरुको परिक्षा समेत लिइने र उत्तीर्ण हुनेहरुले जिल्लास्तरमा प्रशिक्षण दिने छन्।