नेविसंघ डोटीले दियो संगठन विस्तारमा तिब्रता

नेविसंघ डोटीले दियो संगठन विस्तारमा तिब्रता

डोटी । लामो समयदेखि जिल्लामा निस्कृय रहेको नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ डोटीले पछिल्लो समय संगठन विस्तारलाई तिब्रता दिएको छ । स्ववियूको निर्वाचन नजिकिदै गर्दा क्याम्पस तथा विद्यालयहरुमा संगठन विस्तारलाई तिव्रता दिएको जिल्ला अध्यक्ष दिपेन्द्र सिंहले बताए । 

उनले पहिलो चरणमा संगठन विस्तारलाई जिल्ला व्यापी गरिरहेको बताउँदै शिक्षा क्षेत्रको सुधारका लागि दोस्रो चरणमा विभिन्न रचनात्मक कार्य गर्ने योजना रहेको बताए । मंगलबारमात्रै नेविसंघ डोटीले केदार ज्योतीपुञ्ज क्याम्पस विपीनगरमा महेश बमको अध्यक्षतामा इकाइ गठन गरेको छ ।

अहिलेसम्म डोटी बहुमुखी क्याम्पस, पप माध्यामिक विद्यालय, दिल्पेश्वर क्याम्पस, कुमालीकोट मावि, केदार ज्योतिपुञ्ज क्याम्पस विपीनगरमा नेविसंघको इकाइ गठन गरिसकेको छ । डोटी बहुुमुखि क्याम्पस इकाइका विद्यार्थी नेता जेनिस बोहराले क्याम्पस तथा विद्यालयहरुमा संकाय अनुसारका इकाइ कमिटि गठनलाई जोड दिइएको जानकारी दिए ।

संगठन विस्तारका क्रममा नेविसंघप्रति विद्यार्थीहरुको उत्साहजनक सहभागिता बढ्दै गएकोमा खुसी व्यक्त गर्दै नेविसंघका पूर्व अध्यक्ष एवम् आदर्श गाउँपालिका अध्यक्ष गणेश खड्काले स्ववियू निर्वाचनमा नेविसंघको जीत हुनेमा आफु विश्वस्त रहेको बताए । पूर्वअध्यक्ष खड्का समेत नेविसंघको इकाइ विस्तारका लागि विद्यार्थीनेताहरु संग खटिएका छन् ।