एमालेको ‘मिसन ग्रासरूट’: पालिकामा खटाइए केन्द्रीय सदस्यहरु, सुदूरपश्चिममा को को छन ?

एमालेको ‘मिसन ग्रासरूट’: पालिकामा खटाइए केन्द्रीय सदस्यहरु, सुदूरपश्चिममा को को छन ?

धनगढी । पार्टीलाई ‘जगैदेखि बलियो’ बनाउने भनेर नेकपा एमालेले घोषणा गरेको ‘मिसन ग्रासरुट’ अभियानका लागि नेताहरुलाई जिम्मेवारी तोकिएको छ। एमालेले ‘जिल्ला र जिम्मेवारी’ शीर्षकमा पार्टी पदाधिकारी देखि केन्द्रीय सदस्यहरुको जिम्मेवारी तोकिएको हो। 

पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई समग्र अभियान संयोजक भनिएको छ। यस्तै, वरिष्ठ उपाध्यक्ष र उपाध्यक्षहरुलाई प्रदेश स्तरीय अभिमुखिकरणको जिम्मेवारी तोकिएको छ। 

मिसन ग्रासरुटमा खटिने नेताहरुका लागि ११ वटा काम  तोकिएको छ। सदस्यता प्रदान गर्ने,  प्रशिक्षण दिने,  जनप्रतिनिधि र पार्टीको सम्बन्ध सुव्यवस्ति गर्ने तथा पार्टी र समाजमा विशेष योगदान गरेकालाई सम्मान गर्ने, पार्टीका विषयमा रायसुझाव लिनेलगायत जिम्मेवारी तोकिएको बताइएको छ। 

सुदूरपश्चिम प्रदेशमा उपाध्यक्ष विष्णु पौडेललाई अभिमुखिकरणको जिम्मा दिइएको छ भने सचिव लेखराज भट्टलाई अनुगमनको जिम्मेवारी तोकिएको छ। यस्तै, स्थायी कमिटी सदस्यहरु मणि थापा, विन्दा पाण्डे र कर्णबहादुर थापालाई खटाइएको छ।