भौतिक मन्त्रालय अन्तरगतका २० सहसचिवको सरुवा

भौतिक मन्त्रालय अन्तरगतका २० सहसचिवको सरुवा

काठमाडौं ।  भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले २० जना सहसचिवको सरुवा गरेको छ । उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले मन्त्री स्तरीय निर्णय गर्दै सडक विभागका महानिर्देशक, उपमहानिर्देशक, आयोजना निर्देशकको सरुवा, पदस्थापन र काज गरेका हुन् ।

विभागको महानिर्देशकमा सुशील बाबु ढकाललाई पठाइएको छ भने तत्कालीन महानिर्देशक अर्जुनजङ्ग थापालाई मन्त्रालयमा तानिएको छ । विभागको उपमहानिर्देशकको जिम्मेवारीमा रहेका रामहरी पोखरेललाई उपमहानिर्देशको जिम्मेवारीमा निरन्तरता दिएर विकास सहायता कार्यान्वयन महाशाखाबाट योजना तथा अनुगमन महाशाखामा पठाइएको छ ।

विभागका उपमहानिर्देशक उमेशविन्दु श्रेष्ठको एडीबी आयोजना निर्देशनालयमा आयोजना निर्देशकमा काज गरिएको छ । यस्तै डा. विजय केसीलाई सडक विभागको उपमहानिर्देशकको जिम्मेवारी दिइएको छ ।

मन्त्रालयमा कार्यरत सहसचिव प्रभातकुमार झालाई पनि उपमहानिर्देशकको जिम्मेवारी दिइएको छ । नरशेमान शाक्यलाई विभागको उपमहानिर्देशकमा निरन्तरता दिइएको छ । तर, उनलाई सडक विभाग सम्भार महाशाखाबाट पुल महाशाखामा सरुवा गरिएको छ ।

सडक विभागका उपमहानिर्देशकसमेत रहेका योजना तथा अनुगमन महाशाखा प्रमुखको जिम्मेवारीमा रहेका भीमार्जुन अधिकारी मन्त्रालय तानिएका छन् ।