असफलताको ह्याट्रिक गर्न चाहन्नन् प्रियंका

असफलताको ह्याट्रिक गर्न चाहन्नन् प्रियंका

नायिका प्रियंका कार्की बैबाहिक जीवनमा बाधिएपछि फेरि फिल्म क्षेत्रमा सक्रिय छिन् । उनले अभिनय गरेका २ वटा फिल्म यो बर्ष रिलिज भैसकेका छन् । प्रियंकाको यो बर्ष फिल्म ‘लक्का जवान र चि मुसी चि’ रिलिज भैसकेका छन् । दुबै फिल्मले प्रियंकालाई खुशी भने दिन सकेनन् । दुबै फिल्मको बक्स अफिस निक्कै कमजोर भएपछि प्रियंकाका लागि खुशी मिल्न नसकेको हो । यसैले, उनी यो बर्षको अर्को प्रतिक्षित फिल्म ‘फूलबारी’का लागि दौडधुप गरिरहेकी छिन् । 

मोफसल टुरदेखि प्रियंका काठमाडौंमा पनि फिल्मको प्रचारका लागि कुनै कसरी बाँकी राखिरहेकी छैनन् । रामबाबु गुरुङ निर्देशिक यो फिल्म शुक्रबारदेखि रिलिज हुँदैछ । 
यो फिल्म सफल भएको खण्डमा प्रियंकालाई पनि नेपाली फिल्म क्षेत्रमा अगाडि बढ्न सहज हुनेछ । यदि, यो फिल्म चलेन भने प्रियंकालाई पनि असफलताको ह्याट्रिकको ट्याग लाग्नेछ । 
यसैले, पनि प्रियंका फिल्म सफल हुनेमा विश्वस्त छिन् । प्रियंकाले यो फिल्ममा बुहारीको भूमिका निर्वाहा गरेकी छिन् ।