अरुण चौधरी सम्बन्धी मुद्दाको अन्तिम सुनुवाई सकियो

अरुण चौधरी सम्बन्धी मुद्दाको अन्तिम सुनुवाई सकियो

धनगढी ।  कैलाली कारागारमा थुनामा रहेका प्रतिनिधि सभा सदस्य अरुण चौधरीको अन्तिम सुनुवाई सकिएको छ । कैलाली बार एशोसियसनको कक्षमा राखिएको श्रव्यदृष्य संवाद कक्षमा रहेको श्रव्यदृष्यबाट चौधरीले आज बयान दिएका हुन । बुधबार न्यायधिस देशबहादुर सार्की,  न्यायधिस  गणेश ठाकुरको इजलासमा बहस सकिएको हो । बहसपछि केही समयमा अन्तरीम आदेश आउँदै छ ।

'मैले न्याय पाउनु पर्छ । मैले त्यो फैसला बारे जानकारी नै पाएको थिएन । हजुरहरूकै मिडिया मार्फत मलाई मुद्धा छ भन्ने थाहा पाए’ अरूणले भने, ‘म कैलाली आउँदै थिए । मलाई अपहरणको शैलीमा बाटोमा समातियो ।’
माघ २९ गते उच्च अदालतले कारागार कार्यालयमा थुनामा रहेका चौधरीलाई कैलाली जिल्ला अदालतमा रहेको श्रव्य दृश्य संवाद कक्षमा उपस्थित गराउन आदेश दिएको थियो । उच्च अदालतले सरकारी वकिलको कार्यालय कैलालीलाई लिखित जवाफ पेश गर्न र चौधरीलाई बयान दिन बुधबार उपस्थित गराउन भनिएको थियो ।

ट्याक्टर जलाएको भन्दै २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले चौधरीसहित तीन जना विरुद्ध जनही ६ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो । ६ महिना कैद भुक्तान नगरेको भन्दै चौधरीलाई प्रहरीले केही दिन अघि बाँकेबाट पक्राउ गरेको थियो ।