देशभर थप ३ जनामा कोरोना संक्रमण पुष्टि

देशभर थप ३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । देशभर  पछिल्लो २४ घण्टामा थप तीन जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २२४ जनाको नमूना परीक्षण गर्दा तीन जनामा संक्रमण पुष्टि भएको हो ।

२२३ जनाको पीसीआर र १ जनाको एन्टीजेन विधिबाट परीक्षण गरिएको थियो । पछिल्लो २४ घण्टामा एक जना संक्रमणमुक्त भएका छन् । ८ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा कोरोनाविरुद्धको खोप एक हजार २०२ जनाले लगाएका छन् ।