अरूण रिटमा अन्तरिम आदेश जारी भएन

अरूण रिटमा अन्तरिम आदेश जारी भएन

धनगढी । कैलाली कारागारमा थुनामा रहेका प्रतिनिधि सभा सदस्य अरुण चौधरीको रिटमा उच्च अदालतले अन्तरिम आदेश जारी गरेन ।
बुधबार भएको सुनुवाई पछि अन्तरिम आदेश जारी नहुने गरि आदेश जारी गरेको हो ।
न्यायधिस देशबहादुर सार्की र न्यायधिस  गणेश ठाकुरको इजलासमा भएको बहस पछि सो आदेश जारी भएको हो ।
कैलाली बार एशोसियसनको कक्षमा राखिएको श्रव्यदृष्य संवाद कक्षबाट चौधरीले बयान दिएका थिए ।

माघ २९ गते उच्च अदालतले कारागार कार्यालयमा थुनामा रहेका चौधरीलाई कैलाली जिल्ला अदालतमा रहेको श्रव्य दृश्य संवाद कक्षमा उपस्थित गराउन आदेश दिएको थियो । उच्च अदालतले सरकारी वकिलको कार्यालय कैलालीलाई लिखित जवाफ पेश गर्न र चौधरीलाई बयान दिन बुधबार उपस्थित गराउन भनिएको थियो ।

ट्याक्टर जलाएको भन्दै २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले चौधरीसहित तीन जना विरुद्ध जनही ६ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो । ६ महिना कैद भुक्तान नगरेको भन्दै चौधरीलाई प्रहरीले माघ १९ गते बाँकेबाट पक्राउ गरेको थियो ।
बयानपछि अदालतमा संचारकर्मिसंग बोल्दै न्याय पाउनेमा आशावादी रहेको प्रतिक्रिया दिएका थिए ।
मैले न्याय पाउनु पर्छ । मैले त्यो फैसला बारे जानकारी नै पाएको थिएन । हजुरहरूकै मिडिया मार्फत मलाई मुद्धा छ भन्ने थाहा पाए’ अरूणले भने, ‘म कैलाली आउँदै थिए । मलाई अपहरणको शैलीमा बाटोमा समातियो ।’