कसरी बचाउने भाइरसबाट कम्प्युटरलाई ?

कसरी बचाउने भाइरसबाट कम्प्युटरलाई ?

कम्प्युटर बहुउपयोगी छ । कार्यालयमा, घरमा जहाँसुकै पनि यसको आवश्यकता पर्छ । यद्यपि, कम्प्युटरमा विभिन्न समस्या आइरहन्छन् । कम्प्युटरमा लाग्ने भाइरसका कारण वेलावेलामा ह्याङ हुने, फाइल हराउने जस्ता समस्या देखिन्छन् । 

भाइरस कसरी लाग्छ ?
भाइरसका कारण बिस्तारै चल्ने, फाइल नदेखिने, आफैँ बन्द हुने, अनावश्यक फाइल बनेर मेमोरी फुल हुने, फाइल नखुल्ने र कम्प्युटरमा अनावश्यक साइड कट भएर बस्ने समस्या देखापर्छन् ।
कम्प्युटरमा रहेको ब्लुटुथ, फाइल सेयरिङ फिचर, वाईफाई आदिबाट भाइरस सर्न सक्छ । 

इन्टरनेटबाट अनावश्यक सफ्टवेयर डाउनलोड, प्राइभेट सफ्टवेयर कपी, नेटवर्कबाट डाटा परिवर्तनजस्ता गतिविधि गर्दा कम्प्युटरमा भाइरस लाग्ने सम्भावना बढी हुन्छ । 
भाइरसले आक्रमण गरेपछि कम्प्युटर खुल्नसमेत ढिला हुन्छ ।   

कसरी बचाउने ?
अनावश्यक अनलाइन साइट खोल्दा भाइरस सर्ने गर्छन् । जस्तै, विभिन्न इमेल आफ्नो कम्प्युटरमा जथाभावी खोल्दा पनि भाइरस सर्न सक्छ । जथाभावी आउने इमेल पनि सकेसम्म चेक गर्नुहुँदैन । 

बजारबाट किनेर ल्याएका विभिन्न सिडी र इन्टरनेटबाट प्रोग्राम डाउनलोड गर्दा, पेनड्राइभ, मेमोरी कार्ड तथा फ्लपी डिस्कबाट फाइल सार्दा भाइरस सर्ने सम्भावना हुने भएकाले एन्टिभाइरस सफ्टवेयरलाई समय–समयमा अपडेट गराइराख्नुपर्छ । कम्प्युटरमा अनिवार्य एन्टिभाइरस राख्नुपर्छ । नयापत्रिकाबाट ।

पेनड्राइभ, सिडीमार्फत कम्प्युटरमा भाइरस लाग्ने भएकाले आफ्नो ल्यापटपमा राखेर खोल्नुपूर्व स्क्यान गर्न बिर्सिनुहुँदैन ।