कैलालीको लम्कीचुहा नगरपालिकामा कार्यरत ईन्जिनियर माथि हातपात

कैलालीको लम्कीचुहा नगरपालिकामा कार्यरत ईन्जिनियर माथि हातपात

कैलाली । कैलालीको लम्कीचुहा नगरपालिकामा कार्यरत ईन्जिनियर प्रशान्त अधिकारी माथि हातपात भएको छ । योजनाको बिल उठाउने विषयलाई लिएर ईन्जिनियरमाथि हातपात भएको हो ।

लम्कीचुहा नगरपालिकाका प्रवक्त लववहादुर शाहीले एक विज्ञप्ती प्रकासित गदै कार्यकक्षमै कर्मचारी माथि भएको हातपातको घोर निन्दा गरिएको छ । साथै घटनामा संलग्नलाई कडाभन्दा कडा कारबाहीको माग समेत गरिएको छ ।

नगरपालिकाका प्रवक्ता लववहादुर शाही द्धारा हस्ताक्षेरित विज्ञप्तीमा भनीएको छ “लम्कीचुहा  नगरपालिकाको कार्यलय अन्र्तगतको भवन तथा वस्ती विकास उपशाखा भित्र प्रबेश गरि उपशाखा प्रमुख ईन्जिनियर प्रशान्त अधिकारी माथि हातपात गरि कार्यालयका महत्वपूर्ण कागजात तथा कार्यालय सामग्री माथि समेत क्षति पुर्याउने प्रयास गरेको र राष्ट्रसेवक कर्मचारी माथि अमानवीय व्यवहार गरि कामकाजमा समेत असहज अवस्था र्सिजना गरेको प्रति लम्कीचुहा नगरपालिका घोर निन्दा गर्दछ ।

राष्ट्र सेवक कर्मचारी माथि हातपात गरि सार्बजनिक निकायमा आतंक फैलाउने निजलार्ई कानुनी दायरामा ल्याउन लम्कीचुहा नगरपालिका सम्बन्धीत निकायको ध्यानाकर्षण गर्दछ । ”