आजको मौसम : तराईमा हुस्सु, सुदूरपश्चिम र कर्णालीमा आंशिक बदली

आजको मौसम : तराईमा हुस्सु, सुदूरपश्चिम र कर्णालीमा आंशिक बदली

धनगढी  । हाल देशमा उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो सुदूरपश्चिम प्रदेश साथै प्रदेश नं. १ र बागमती प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

महाशाखाका अनुसार राती भने  सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत प्रदेश नं १ को  पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

तराईका थोरै भू–भागमा बिहानी पख हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेकोले  मौसम सूचना तथा पूर्वानुमान अद्यावधिक रहन महाशाखाले अनुरोध गरेको छ।