मालिका माबिको ६० औं बार्षिकोत्सव सम्पन्न

मालिका माबिको ६० औं बार्षिकोत्सव सम्पन्न

धनगढी । कैलालीको गौरीगंगा वडा नम्बर २ चौमालास्थित मालिका माध्यमिक विद्यालको ६० औं बार्षिकोत्सब एक समारोहका विविध कार्यक्रम गरि सम्पन्न भएको छ । विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष प्रेमराज भट्टको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि नेपाली काङ्ग्रेस सुदूरपश्चिम प्रदेश सभापति पुर्ब मन्त्री प्रतिनिधि सभा सदस्य  बीरबहादुर बलायर रहेका थिए भने सुदूरपश्चिम प्रदेश सभा सदस्य प्रकाश बम र जानकी कुवँर पौडेल विशिष्ट अतिथि थिए । 

बार्षिकोत्सव समापन समारोहमा विद्यालयका अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको थियो । विद्यालयमा अध्ययन गरि विभिन्न अहोदामा रहेका पुर्ब विद्यार्थी, पुर्ब प्रधानाध्यापक, पुर्ब शिक्षक, पुर्ब विद्यालय ब्यबस्थापन समिति अध्यक्षहरुलाई सम्मान गरिएको छ ।
  पुर्ब विद्यार्थी नेपाली काङ्ग्रेस सुदूरपश्चिम प्रदेश सदस्य समेत रहेका लोक गायक सुरत रावत (डोटेली कान्छा) , इन्जिनियरद्वय कृष्ण ढुंगाना, महेश चौधरी, डाक्टर मनिष चौधरी, पुर्ब विद्यालय प्रधानाध्यापकहरु दशरथ तिवारी,  शम्भुशरण लालकर्ण, मुरारी शाह, बेदप्रकाश जोशीलाई सम्मान गरिएको थियो । 

सो अवसरमा पुर्ब शिक्षक बीरबहादुर मल्ल, कल्पना बम, मथुरा ढुंगाना, पुर्ब अध्यक्षहरु काशिराम शर्मा, चन्द्रबहादुर थापा, जनक साउँद लगायतलाई कार्यक्रमका प्रमुख अतिथि पुर्ब मन्त्री प्रतिनिधि सभा सदस्य बीरबहादुर बलायरले प्रमाणपत्र सहित दोसल्ला ओडाएर सम्मान गरे ।कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि,  समाजसेवी, जनप्रतिनिधि, अभिभावहरुको सहभागीता रहेको थियो ।