नेता भण्डारीलाई थप उपचारका लागि विदेश लैजान चिकित्सकको सुझाव

नेता भण्डारीलाई थप उपचारका लागि विदेश लैजान चिकित्सकको सुझाव

काठमाडौं । ग्यास सिलिण्डर विस्फोट हुँदा घाइते भएका कांग्रेसका नेता चन्द्र भण्डारी र उनकी आमा हरिकलालाई थप उपचारका लागि विदेश लैजान कीर्तिपुर अस्पतालले  सुझाव दिएको छ।

स्रोत साधन अभावका कारण यहाँ उपचार असम्भव रहेको भन्दै अस्पतालले थप उपचारका लागि यथाशीघ्र विदेशका सुविधासम्पन्न लैजान सिफारिस गरेको हो।

अस्पतालकी मेडिकल डाइरेक्टर डा. निजिना ताम्राकार र जलन उपचार विभागका प्रमुख डा. किरण नकर्मीद्वारा हस्ताक्षरित विज्ञप्तिमा नेता भण्डारीको शरीरको २५–३० प्रतिशत र हरिकलाको करिब ७० प्रतिशत भाग जलेको जनाइएको छ। 

काठमाडौंको बुद्धनगरस्थित निवासमा गएराति १० बजेतिर ग्यास सिलिण्डर विस्फोट हुँदा भण्डारी र उनकी आमा हरिकला भण्डारी पनि गम्भीर घाइते भएका थिए। लगत्तै उनीहरूलाई कीर्तिपुर अस्पतालमा लगी आईसीयूमा राखेर उपचार भइरहेको छ।