आदित्य चोपडा भन्छन्, ‘यशराजले कयौंलाई स्टार बनायो, तर उदयलाई बनाउन सकेनौं’

आदित्य चोपडा भन्छन्, ‘यशराजले कयौंलाई स्टार बनायो, तर उदयलाई बनाउन सकेनौं’

बलिउडमा नेपोटिज्म कसैबाट लुकेको छैन । एक शोमा कंगना रनौतले नेपोटिज्मको मुद्धा उठाएदेखि बलिउड लगातार निशानामा परिरहेको छ । बलिउडकर्मीलाई प्रायः नेपोटिज्मको आरोप लाग्ने गर्छ । करण जोहरलाई त नेपोटिज्मको प्रशयकर्ता भनिन्छ । तर, बलिउडमा यस्ता एक मेकर पनि छन्, जसले कयौंलाई स्टार बनाए तर घरको सदस्यलाई जति प्रयास गरे पनि बनाउन सकेनन् ।

यशराज फिल्म्सका प्रमुख आदित्य चोपडाले ‘पठान’, ‘टाइगर’ जस्ता कयैन् सफल फिल्म दिएका छन् । उनले बनाएका फिल्मबाट शाहरुख खानदेखि सलमान खानसम्म चम्किए । तर, उनकै भाई उदय चोपडा असफल हिरो बने । नेटफ्लिक्स शो ‘द रोमान्टिक्स’ को प्रमोशनको क्रममा आदित्यले यशराजले धेरैलाई लञ्च गरेर स्टार बनाए पनि उदयलाई स्टार बनाउन नसकेको बताएका छन् ।

नेपोटिज्मको विषयमा आफ्नै भाईको उदाहरण दिँदै उनी भन्छन्, ‘मेरो भाई एक अभिनेता हो तर सफल अभिनेता होइन । उदय सबैभन्दा ठूलो फिल्मको निर्माताको छोरा हो । यशराजले सबैभन्दा धेरै नयाँ व्यक्तिलाई लञ्च गरेको छ, तर उदयलाई हामीले स्टार बनाउन सकेनौं । यस्तो किन हुन सकेन रु जवाफ एउटै छ, को हिरो बन्न लायक छ र को छैन भन्ने कुरा दर्शकले निर्धारण गर्छन् ।’

आदित्यले उदयको अभिनय करिअर सफल नहुनुको कारणबारे पनि भनेका छन्, ‘उदय प्रतिभाशाली अभिनेता हो । ऊ मेहनती छ । तर, दर्शकले उसलाई त्यो हिसाबले हेर्न नै चाहेनन्, जुन उदय आफैं हुन चाहिरहेको थियो । दर्शक उसलाई कमेडी गरेको हेर्न चाहन्थे तर उसलाई कमेडी नै मन पर्दैन थियो ।’ आदित्यले बलिउडमा छेडिएको नेपोटिज्मको बहसलाई दुर्भाग्यपूर्ण भनेका छन् ।