आज कस्तो रहनेछ मौसम ? यस्तो छ पूर्वानुमान

आज कस्तो रहनेछ मौसम ? यस्तो छ पूर्वानुमान

धनगढी । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

दिउँसो प्रदेश नं १ का पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

रातीː  देशको  पहाडी भू-भागमा  आंशिक बदली तथा बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ । 

प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको र तराईका थोरै भू-भागमा बिहानी पख हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको छ।