कैलालीमा लागु औषध सहित दुई जना पक्राउ

कैलालीमा लागु औषध सहित दुई जना पक्राउ

धनगढी । कैलालीका फरक फरक ठाउँबाट लागु औषध सहित दुई जना पक्राउ परेका छन् ।  शुक्रवार धनगढीका एक र टीकापुरका एक जना पक्राउ परेका हुन् । 

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार कैलालीको धनगढी उप–महानगरपालिका ८ क्याम्पस चोक स्थित प्रदेश प्रहरी कार्यालय धनगढीबाट खटी गएको आरआईटी टोली र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटी गएको संयुक्त  टोलीले धनगढी ८ बस्ने ३१ वर्षीय सुरज चौधरीलाई शङ्का लागी चेक जाँच गर्दा  निजको साथबाट  १५ ग्राम हिरोइन फेला पारी पक्राउ गरिएको छ । 

यस्तै, लागु औषध (खैरो हेरोइन) सहित टीकापुर नगरपालिका वडा नं.५ दौलतपुर घाटमा मानिकापुर बस्ने २८ वर्षीय रामचन्द्र चौधरीले लागु औषध (खैरो हेरोइन) को कारोबार गरिरहेको भन्ने विशेष सूचनाको आधारमा तालुक नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर तथा यस कार्यालयबाट खटिएको संयुक्त प्रहरी टोलीले निज रामचन्द्र चौधरीलाई फेला पारी चेकजाँच गर्दा निजको साथबाट प्लास्टिकको पोका थान २ (दुई) प्लास्टिक सहित कुल तौल ३५ ग्राम ७८० मिलिग्राम (प्लास्टिक बाहेक कुल तौल ३३ ग्राम ३०० मिलिग्राम) लागु औषध   (खैरो हेरोइन) सहित पक्राउ गरी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।