आज कस्तो रहनेछ मौसम ? यस्तो छ पूर्वानुमान

आज कस्तो रहनेछ मौसम ? यस्तो छ पूर्वानुमान

धनगढी । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जानकारी दिएको छ । अहिले प्रदेश १ का पहाडी भू-भागमा बदली रहेको जानकारी दिँदै महाशाखाले बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको जनाएको छ ।

आगामी २४ घण्टामा तराईका एक/दुई स्थानमा बिहान हुस्सुरकुहिरो लाग्न सक्ने महाशाखाले जनाएको छ । आज प्रदेश १ का पहाडी भू(भागमा आंशिकदेखि सामान्य बदली हुन सक्ने महाशाखाले जानकारी दिएको छ ।

आइतबार प्रदेश १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एकरदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ । अन्य स्थानको मौसम भने सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।