पछिल्लो २४ घण्टामा देशभर कोरोनाका नयाँ संक्रमितको संख्या शून्य, दुईजना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा देशभर कोरोनाका नयाँ संक्रमितको संख्या शून्य, दुईजना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर कोरोनाका नयाँ संक्रमितको संख्या शून्य रह्यो । ६६७ वटा स्वाब नमुनाको परीक्षण गर्दा कोही व्यक्तिमा पनि संक्रमण पुष्टि नभएको हो ।

यो अवधिमा देशभर दुईजना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या १५ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार जनाएको छ ।