रियलमीको अहिलेसम्मकै पातलो स्मार्टफोन नेपाल आउँदै

रियलमीको अहिलेसम्मकै पातलो स्मार्टफोन नेपाल आउँदै

चिनियाँ ब्रान्ड रियलमीले अहिलेसम्मकै स्लिम मोडेलका रुपमा रियलमी १० स्मार्टफोन नेपाली बजारमा ल्याउने भएको छ । हालै कम्पनीले यो मोडेलको डिजाइनबारे जानकारी दिएको छ ।

७.९५ मिमि मोटाइ रहेको स्मार्टफोनमा ५००० एमएएचको ब्याट्री दिइएको छ । स्लिम डिजाइन र हल्का तौल अनि शक्तिशाली ब्याट्री भएकाले दैनिक रुपमा धेरै फोन प्रयोग गरिरहनुपर्ने अहिलेको जीवनशैलीलाई रियलमी १० ले धेरै सजिलो बनाउने कम्पनीको दाबी छ ।

गेम खेल्न होस् अथवा आफ्नो परिवार र साथीहरूसँग फोनमा कुराकानी गर्न होस् । अथवा सामाजिक सञ्जालमै पनि अपडेटेड भइरहन फोन धेरै समयसम्म चलाइरहनुपर्ने हुन्छ । त्यसैले स्मार्टफोन डिजाइन गर्दा रियलमीले होल्डिङ एक्स्पिरियन्स (फोन समाउँदा हुने अनुभव) लाई अत्यन्तै प्राथमिकतामा राख्दै आएको छ । त्यसैले रियलमीले आफ्ना अधिकांश उत्पादन हलुका र स्लिम बनाउँदै आइरहेको छ, कम्पनीले जारी गरेको विज्ञप्ति भनिएको छ ।

यो फोनमा ६.४ इन्चको ठूलो एमोलेड डिस्प्ले रहेको छ । त्यस्तै ३.५ मिमिको हेडफोन ज्याक र २०० प्रतिशत अल्ट्रा बुम स्पिकरले यसको आकर्षक डिजाइनमा अझै सुनमा सुगन्ध थपेका छन्, कम्पनीले भनेको छ, योसँगै अब उपभोक्ताहरुले पार्टी अथवा अन्य कुनै रमाइलो पलहरुमा बस्टेड भोल्युममा हाइ रेजोलुसन साउन्डको मज्जा लिनसक्ने छन् ।

यो फोन क्ल्याश व्हाइट र रस ब्ल्याक गरी दुई रंगमा उपलब्ध हुने बताइएको छ ।