क्रिकेटर सन्दीप लामिछाने मुद्दाको पेसी आज

क्रिकेटर सन्दीप लामिछाने मुद्दाको पेसी आज

काठमाडौँ । सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको पेसी आजका लागि तोकेको छ । लामिछानेले बिहीबार सर्वोच्चमा दायर गरेको मुद्दाको पेसी आजका लागि तोकिएको हो ।

नाबालिग बलात्कारको कसुरमा काठमाडौं जिल्ला अदालतमा मुद्दाको पुर्पक्ष भइरहेको छ । क्रिकेटर लामिछाने बिहीबार सर्वोच्च अदालत पुगेका थिए ।

धरौटीमा रिहा गर्ने उच्च अदालत पाटनको आदेशमा प्रतिबन्धात्मक व्यवस्था रहेकाले उक्त आदेशको प्रतिबन्धात्मक व्यवस्था हटाउन माग गर्दै लामिछानेले सर्वोच्चमा मुद्दा दायर गरेका हुन् ।