नेपालको राजनीतिले गरेको गठबन्धन धेरै समय टिक्दैन:  भीम रावल

नेपालको राजनीतिले गरेको गठबन्धन धेरै समय टिक्दैन:  भीम रावल

सुर्खेत । नेकपा एमालेका नेता भीम रावलले नेपालको राजनीतिले गरेको गठबन्धन धेरै समय नटिक्ने ठहर पहिलै नै गरेको बताएका छन् ।शुक्रबार सुर्खेत आएका रावलले विपरीत सिद्धान्त भएका राजनीति दलले देशलाई गन्तव्यमा पुर्‍याउन नसकिने टिप्पणी गरेका छन् ।

आम निर्वाचनमा लोकप्रिय मतका लागि गठबन्धनका लागि गरियो यो कहिले टिक्दैन भनेर पहिले नै भनेको दाबी गरे ।राष्ट्रपतिको निर्वाचनमा अहिलेको भएको गतिविधिले आम नागरिक पनि चकित पर्छन् होला ।’ उनले भने। अमुख विदेशीका राजदुतहरु नेताहरुको घर घरमा गएर भैलो खेलिरहेका उनले टिप्पणी गरेका छन्।

यसरी देशको राष्ट्रपति जस्तो संविधानको संरक्षक नेपाली जनताको प्रतीक हुनुपर्ने पदलाई विदेशीले हस्तक्षेप गरेको आरोप लगाएका छन् ।