एकिकृत सरकारी कर्मचारी संगठनको अध्यक्षमा रावल चयन

एकिकृत सरकारी कर्मचारी संगठनको अध्यक्षमा रावल चयन

बझाङ : एकिकृत सरकारी कर्मचारी संगठन जिल्ला कार्य समिती बझाङको प्रथम जिल्ला अधिवेशन एक कार्यक्रमका विच सम्पन्न भएको छ ।

सदरमुकाम चैनपुर स्थीत नेकपा एकिकृत समाजवादिको पार्टी कार्यालयको हलमा एकिकृत सरकारी कर्मचारी संगठन नेपाल जिल्ला कार्य समिति बझाङका अध्यक्ष रमाकान्त जोशीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा एकिकृत समाजवादि पार्टीका स्थाइ कमिटी सदस्य तथा प्रतिनिधी सभा सदस्य माननीय भानुभक्त जोशी प्रमुख अतिथी रहनुभएको थियो ।

कार्यक्रममा नेकपा एकिकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा बझाङ जिल्ला इन्चार्ज दिल बहादुर सिह ,सह इन्चार्ज बिरेन्द्र भण्डारी , जिल्ला कमिटी अध्यक्ष इन्द्र भण्डारी, पेशागत महासंघ नेपालका उपाध्यक्ष हरी प्रसाद जोशी , एकिकृत सरकारी कर्मचारी सँगठन नेपालका केन्द्रिय उपाध्यक्ष नृपराज जोशी , पार्टी नीकट संघ संघठन संग आबद्ध जिल्ला भरीका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

सो कार्यक्रममा सहभागी वक्ताहरुले शुभकामना मन्तव्य दिदै कर्मचारीहरुले जनताले अनुभुती हुने गरी काम गर्नु पर्ने र कर्मचारीको हक हित न्यायका लागी एकिकृत सरकारी कर्मचारी संगठन नेपालको ठुलो भुमिका रहने बताएका थिए । प्रथम अधिवेशन बाट अध्यक्ष कपिल रावल उपाध्यक्ष सिद्धराज थापा उपाध्यक्ष महिला सान्ती रेग्मी, सचिव मिना रेग्मी, सह सचिव हरी प्रशाद रताला, रहने गरी २१ सदस्यीय एकिकृत सरकारी कर्मचारी संगठन जिल्ला कार्यसमिती गठन गरीएको छ ।