जानिराख्नुहोस् गुगल अकाउन्ट सुरक्षित राख्ने यी १० तरिका

जानिराख्नुहोस् गुगल अकाउन्ट सुरक्षित राख्ने यी १० तरिका

हाम्रो अकाउन्ट सुरिक्षत राख्न एकदमै जरुरी छ ।  एउटा गुगल अकाउन्टभीत्र तपाईंका कति महत्वपूर्ण विवरण, तस्विर, फाइलहरू, सम्पर्कहरू, टेक्स्ट म्यासेज, सर्च हिस्ट्री, लोकेसन हिस्ट्री जोडिएर बसेका हुन्छन् भन्ने कुरा तपाईंले सोच्नु भएको छ वा छैन ? 

तपाईं चाहे व्यवसायिक वा व्यक्तिगत जुनसुकै प्रयोजनका लागि गुगल प्रयोग गर्नुहोस्, पक्कै पनि तपाई सधैं सम्पूर्ण सूचना आफ्नो नियन्त्रणभित्र राख्न चाहनुहुन्छ । 

तर यसका लागि तपाईंले वर्षौं अघि राखेको पासवर्डले यस्तो अमूल्य सम्पत्तिलाई सुरक्षित राख्न सक्दैन । त्यसैले यसका लागि तपाईंलाई आज हामी केही उपायका बारेमा बताउँदै छौँ, जसले तपाईंलाई आफ्नो अकाउन्ट सुरक्षित राख्न सहयोग गर्नेछ । 

१. पासवर्ड चेक गर्नुहोस् 

पासवर्ड तपाईंको नाममा आधारित छ कि तपाईंको जन्मदिन, बसाइको ठेगाना वा अन्य कुनै कुरा, जुन तपाईंलाई गुगलिङ गर्दा सजिलै थाहा पाउन सकिन्छ । तपाईंको पासवर्ड सजिलो शब्दमा आधारित छ वा सजिलै अनुमान गर्न सकिने ढाँचामा छ ? आठवटा अक्षरभन्दा कम छ ? वा तपाईं अन्य कुनै वेबसाइट, एप वा सेवामा लग ईन गर्न पनि यही पासवर्ड प्रयोग गर्नुहुन्छ ? 

यदि यी प्रश्नहरुमा तपाईंको उत्तर सकरात्मक छ भने आफ्नो पासवर्ड तत्काल परिवर्तन गरिहाल्नुहोस् । यसका लागि तपाईं आफ्नो व्यक्तिगत सूचनाबाट पत्ता लगाउन नसकिने लामो र जटिल तथा ढाँचाको पासवर्ड सेट गर्नुहोस् । 

२. आफ्नो गुगल अकाउन्टलाई दोस्रो तहको संरक्षण दिनुहोस् 

तपाईंको गुगल अकाउन्टको पासवर्ड जतिसुकै बलियो किन नहोस्, अकाउन्ट ह्याक हुने सम्भावना सधैं रहिरहन्छ । तपाईंले आफ्नो अकाउन्टमा 'टु फ्याक्टर अथेन्टिकेसन' इनेबल गर्नु भयो भने तपाईंको यो भर्चुअल सम्पत्ति सुरक्षित राख्न सक्नुहुन्छ । टु फ्याक्टर अथेन्टिकेसन प्रयोग गर्नाले यसले गुगल अकाउन्टको पासवर्ड अन्य कसैलाई थाहा भएको खण्डमा पनि ह्याक हुनबाट जोगाउँछ । 

३. आफ्नो परिचय पुष्टि गर्न तयार रहेको सुनिश्चित गर्नुहोस् 

यदि तपाईंको अकाउन्टमा कुनै किसिमको शङ्कास्पद  गतिविधि पहिचान भयो भने गुगलले तपाईंलाई साइन ईन गर्नु अघि आफ्नो पहिचान सुनिश्चित गर्न आग्रह गर्छ । यदि तपाईंले आफ्नो अकाउन्ट भेरिफिकेसन सेटिङमा हेर्नु भएन भने केही समयपछि आवश्यक सूचनाहरु हराउन सक्ने सम्भावना रहन्छ । 

गुगल अकाउन्ट सेक्युरिटी साइट खोल्नुहोस् । त्यहाँ एउटा सेक्सन हुन्छ, जसमा लेखिएको हुन्छ- आफूलाई भेरिभाइ गर्ने तरिका । त्यसमा दुई अप्सन हुन्छ, रिकभर योर फोन र रिकभर योर ईमेल ।

यदि यी विकल्पमा दिइएका जानकारी तत्कालका लागि सही छैनन् भने यसलाई क्लिक गरेर तत्काल अपडेट गर्नुहोस् । यसपछि हामी हाम्रो गुगल अकाउन्ट सुरक्षाको अर्को तहमा पुग्न सक्छौँ । 

४. तपाईंको अकाउन्टसँग थर्ड पार्टी सर्भिसको एक्सेस छ वा छैन हेर्नुहोस् 

तपाईं जब आफ्नो फोन वा कम्प्युटरमा गुगलसँग अन्तरक्रिया गर्ने कुनै एप सेटअप गर्नुहुन्छ, तब केही हदसम्म यस्ता एपले तपाईंको गुगल अकाउन्टको डेटामा एक्सेस पाउँछन् । 

अवस्था अनुसार ती एपले तपाईंको गुगल सर्भिस भित्रको गतिविधिलाई हेर्न पाउँछन् वा पाउँदैनन् भन्ने कुरा निर्धारण गर्छ । यी एपले तपाईंको जीमेल, गुगल क्यालेन्डर, गुगल ड्राइभ वा पुरै गुगल अकाउन्ट पनि हेर्न सक्छन् । ​

कुनकुन एपलाई तपाईंका कस्ता सूचनामा पहुँच छ भन्ने कुरा थाहा पाउन तपाईं गुगल थर्ड पार्टी एप एक्सेस ओभरभ्यूमा जानुहोस् । र त्यहाँबाट कनेक्टेड सर्भिसहरूको सूची हेर्नुहोस् । यदि तपाईंले त्यहाँ आफूले प्रयोग नगर्ने कुनै एप वा सर्भिस देख्नु भयो भने त्यसलाई हटाइदिनुहोस् । तपाईंले प्रयोग गर्ने र जानेको एप भएको खण्डमा हटाउन आवश्यक नहुनसक्छ । 

५ तपाइको अकाउन्टसँग एक्सेस भएको डिभाईसलाई पनि रिभ्यू गर्नुहोस्

तपाईंले कतिपय डिभाइसमा आफ्नो गुगल अकाउन्टलाइ धेरैपटक सेट गरिसक्नु भएको होला । तपाईंले एकपटक सिस्टम लेभलमा आफ्नो अकाउन्टलाइ कनेक्ट गराइसकेपछि तपाईंको अकाउन्टमा त्यो डिभाइसको सिस्टमले पहुँच पाउन सक्छ । 

तपाईं यसलाई पनि रोक्न सक्नुहुन्छ । त्यसका लागि गुगलको डिभाइस एक्टिभिटी पेजमा जानुहोस् । तपाईंले त्यहाँ कुनै डिभाइस देख्नु भयो, जसलाई तपाईं प्रयोग गर्नुहुन्न वा चिन्नु हुन्न । त्यसो हो भने तीन ओटा थोप्ला भएको मेनुमा गएर साइन ईट आउट अफ योर अकाउन्टमा जानुहोस् ।

६. तपाईंको फोनमा एपको अनुमति वा प्रमिसन हेर्नुहोस्

एप सम्बन्धी ध्यान दिनुपर्ने कुराहरु धेरै छन् । यदि तपाईं एन्ड्रोइड प्रयोग गर्दै हुनुहुन्छ भने केही सिस्टम लेभल प्रमिसनहरू हुन्छन् । जस्तै कन्ट्याक्ट र क्यालेण्डरसँग सम्बन्धित छ भने यसले तपाईंको गुगल अकाउन्टमा रहेको डेटाको क्षेत्रमा समेत पहुँच बनाउन सक्छ । गुगल कन्ट्याक्ट र गुगल क्यालेण्डरले तपाईंको फोन र क्लाउडबीचको डेटालाई सिन्क्रोनाइज गर्छ ।​

फोनको सिस्टम सेटिङमा रहेको प्राइभेसी सेक्सनमा जानुहोस् । त्यहाँ एउटा लाइनमा ‘प्रमिसन म्यानेजर’ हुन्छ । तर यो शब्द एन्ड्रोइड भर्सन अनुसार फरक हुन्छ । त्यहाँ तपाईंले विभिन्न प्रमिसनहरू देख्न सक्नुहुन्छ । कुन एपहरू तपाईंको अकाउन्टमा एक्सेस पाउन सक्षम छ भन्ने देख्नसक्नुहुन्छ । दुईपटक ट्याप गरिसकेपछि तपाईले प्रमिसनलाई रद्द गर्न पनि सक्नुहुन्छ ।

७. ब्राउजरमा एक्सटेन्सन प्रमिसन हेर्नुहोस् 

डेस्कटप क्रोममा एड भएको एक्सटेन्सनले तपाईंको ब्राउजर क्षमतालाईं बढाउने सम्भावना राख्छ । तर यसले तपाईंको गोपनीयतालाई भने जोखिममा राख्न सक्छ । 

यसकारण तपाईं आफूले इन्स्टल गरेको प्रत्येक एक्सटेन्सनको सेटिङ चेक गर्नुहोस् । अन्यथा तपाईंको क्रोमभित्रको सबै ब्राउजिङ गतिविधि बाहिरी कम्पनीसँग शेयर भइरहेको हुनसक्छ । 

यसका लागि तपाईं आफ्नो ब्राउजर एड्रेस बारमा गएर क्रोम एक्सटेन्सन टाइप गर्नुहोस् र पेजमा रहेका सबै एक्सटेन्सनको डिटेल बक्समा क्लिक गर्नुहोस् । अब तपाईं त्यहाँ साइट एक्सेस देख्नुहुन्छ । आफूले कुन स्तरसम्म पहुँच दिनु भएको छ, विचार गर्नुहोस् र त्यो आवश्यक छ वा छैन ठम्याउनुहोस् ।

८. आफूलाई आवश्यक नभएको मोबाइल एप र ब्राउजर एक्सटेन्सन हटाउनुहोस्

तपाईंले आफ्नो फोन वा ल्यापटपमा कतिवटा एप वा ब्राउजर एक्स्टेन्सन इन्स्टल गर्नुभएको छ, याद गर्नुहोस् । के ती सबै काम लाग्ने छन् त ? तपाईंले गुगल अकाउन्टमा अनुमति दिएका केही एपले तपाईंको पासवर्ड ह्याक गर्नसक्छन् । यदि तपाईं चलाउनु हुन्न भने त्यसलाई हटाउनु सुरक्षाको दृष्टिले राम्रो हुन्छ ।

९. भर्चुअल गुगल विल सेट अप वा कन्फर्म गर्नुहोस् 

आफ्नो गुगल अकाउन्टमा भर्चुअल विल क्रियट गर्दा अत्यन्तै राम्रो हुन्छ । यसलाई व्यवस्थापन गर्न गुगलसँग साधारण सिस्टम रहेको छ । यसका लागि इनएक्टिभ अकाउन्ट म्यानेजर खोल्नुहोस् । त्यहाँ तपाईंले आफ्नो अकाउन्ट केही समयका लागि इनएक्टिभ भएको खण्डमा के हुनसक्छ भन्ने कुरा निर्धारण गर्न टुलहरू भेट्न सक्नुहुन्छ ।​

तपाईंले त्यहाँ केही महिना निर्धारण गर्नसक्नुहुन्छ । वा जति अवधिसम्म तपाई आफ्नो जीमेलमा लग ईन गर्नुहुन्न त्यो समय उल्लेख गर्न सक्नुहुन्छ । साथै त्यसमा फोन नम्बर र ईमेल एड्रेस पनि राखिएको हुन्छ ।

जसमार्फत कसैले तपाईंको अकाउन्ट खोल्ने प्रयास गरे गुगलले तपाईंलाई सम्पर्क गर्नेछ । त्यसपछि तपाईंले गुगललाई कुनै पनि एउटा ईमेल एड्रेस दिन सक्नुहुन्छ । जसमा गुगलले नोटिफिकेसन पठाउनेछ । 

१०. गुगलको एड्भान्स प्रोटेक्सन प्रोग्रामको बारेमा सोच्नुहोस् 

 गुगलको एड्भान्स प्रोटेक्सन प्रोग्राम सबैका लागि ठीक नहुनसक्छ । तर यो कुनै कुनै गुगल प्रयोगकर्ताका लागि भने यो निकै ठूलो उपलब्धिमूलक हुनसक्छ । अट्याकको ठूलो जोखिममा हुने प्रयोगकर्ताहरुलाई गुगलले एलिभेटेड फर्म अफ अकाउन्ट सेक्युरिटी प्रदान गर्छ । यसलाई एडभान्स प्रोटेक्सन प्रोग्राम भनिन्छ । यसले जोकसैलाई पनि गुगल अकाउन्टमा एक्सेस पाउनबाट रोक्न भारी ड्युटी रेस्ट्रिक्सन लागू गर्छ । तर यसले तपाईंलाई केही गाह्रो पनि बनाउँछ । 

यसको मुख्य फिचर भनेको कुनै पनि नयाँ डिभाइसमा पहिलोपटक साइन इन गर्नका लागि फिजिकल सेक्युरिटी की आवश्यकता पर्छ । यसमा पासवर्डको अलावा टु फ्याक्टर अथेन्टिकेसन पनि आवश्यक पर्छ । त्यो फोनमा अप्रुभ कि ब्युल्ट पनि हुनसक्छ वा स्ट्याण्ड अलोन डोंगल पनि हुनसक्छ । टेकपाना