हिलवर्ल्डको १८ औ वार्षिकोत्सव तथा अभिभावक दिवसमा विविध कार्यक्रम

हिलवर्ल्डको १८ औ वार्षिकोत्सव तथा अभिभावक दिवसमा विविध कार्यक्रम

धनगढी । कैलालीको धनगढी वडा नम्बर १ स्थित हिलवर्ल्ड ईग्लिस बोर्डिङ स्कुलको १८ औ वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रम गरि मनाईएको छ ।

शनिबार विद्यालयको प्राङ्गणमा प्रदेश प्रमुख देवराज जोशीको प्रमुख आतिथ्यमा विविध कार्यक्रम गरिएको हो । प्रदेश प्रमुख जोशीले गुणस्तरीय तथा प्राविधिक शिक्षामा सबैले जोड दिनुपर्ने बताए । उनले देश विकासको आधारनै गुणस्तरिय शिक्षा रहेको बताए । ‘अहिलेको आवश्यकता प्राविधिक शिक्षा हो’ प्रदेश प्रमुख जोशीले भने, ‘यसका लागि समय सुहाउदो शिक्षा विद्यालयहरुले लागु गर्दै विद्यार्थी र अभिभावकको आर्कषण बढाउनमा जोड दिनुपर्छ ।’

उनले सामुदायिक विद्यालयसंगै नीजि विद्यालयहरु पनि शिक्षा क्षेत्रमा क्रान्ति गरिरहेको बताए । उनले भने –‘अझै पनि प्रदेशका दुर्गम क्षेत्रमा गुणस्तरिय शिक्षाका दिन सक्ने विद्यालय नहुँदा धेरै खर्च गरि अन्यत्र जानुपर्ने बाँध्यता रहेको छ ।’ 

विद्यालयका अध्यक्ष भोजबहादुर बमको अध्यक्षतामा भएको कार्यक्रममा नाष्ट कलेजका उपेन्द्र बम, प्यावसन कैलालीका अध्यक्ष तोपेन्द्र शाह, पञ्चोदय माविका पूर्व अध्यक्ष यादव जोशी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । विद्यालयकी शिक्षिका जयालक्ष्मी जोशीले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् ।

पत्रकार जोशी सहित जनप्रतिनिधि सम्मानित

No description available.

वार्षिकोत्सवको अवसरमा विद्यालयले नागरिक दैनिकका कैलाली संवाददाता पत्रकार पुष्पराज जोशी सहित नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान गरेको छ ।

पत्रकार जोशीले शिक्षा क्षेत्रमा पुर्याएको योग्दानको कदर गर्दै सम्मानपत्र प्रदान गरिएको हो । पत्रकार जोशीसंगै विद्यालयका अध्यक्ष तथा गौरिगंंगा उपप्रमुखमा निर्वाचित भोजबहादुर बम र विद्यालयकै निवर्तमान शिक्षक तथा बझाङको दुर्गाथली गाउँपालिका वडा नम्बर ४ को वडा अध्यक्षमा निर्वाचित शिवराज जोशी सम्मानित भए । यस्तै विद्यालयमै अध्यापन गरेर डाक्टर, प्रशासक, नायव सुब्बा बनेका विभिन्न व्यक्तिहरुलाई पनि सम्मानित गरिएको थियो । उनीहरुलाई प्रदेश प्रमुख देवराज जोशीले दोसल्ला ओढाएर तथा प्रमाणपत्र वितरण गरेर सम्मान गरे ।

यस्तै खेल, नृत्व तथा अन्य अतिरिक्त क्रियाकलापमा उत्कृष्ठ भएका खेलाडीलाई पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा विद्यार्थीले कला प्रस्तुत समेत गरेका थिए । 

No description available.

No description available.