नेपाल शिक्षक संघ कैलालीको नवौं जिल्ला अधिवेशन धनगढीमा शुरू

नेपाल शिक्षक संघ कैलालीको नवौं जिल्ला अधिवेशन धनगढीमा शुरू

धनगढी: नेपाल शिक्षक संघ कैलालीको नवौं जिल्ला अधिवेशन शनिबारदेखि धनगढीमा शुरू भएको छ । अधिवेशनको नेपाली काँग्रेसका प्रतिनिधि सभा सदस्य तथा  केन्द्रीय सदस्य इश्वरी न्यौपानेले समुद्घाटन गरिन् ।

अधिवेशनमा उनले शिक्षक र पार्टीको विचार समान भएकाले विगतदेखि शिक्षक संघले पार्टीलाई समस्या पर्दा सहयोग गरेको बताईन् । उनले प्रजातन्त्रको दियो बाल्ने शिक्षक भएकोले देशको व्यवस्था परिवर्तनमा शिक्षकको अहम भुमिका रहेको बताईन् ।

शिक्षकले हरेक क्षेत्रमा नेता जन्माउने बताउदै राजनीतिज्ञले शिक्षक बनाउँछौ भनेर हुँदैन तर, शिक्षकले नेता बनाउन सक्छ ।

सुदूरपश्चिम प्रदेश सभा सदस्य प्रकाश बमले अधिवेशनबाट योग्य र निष्ठवान व्यक्ति निर्वाचित गरिनुपर्ने बताए ।

अधिवेशनमा प्रदेश सभा सदस्य गंगा चौधरी, नेपाली काँग्रेशका जिल्ला सभापति नारायण दत्त भट्ट लगायतले मन्तव्य व्यक्त गरेका थिए ।अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ ।