पिकनिक मनाउन गएका युवक मृत फेला

पिकनिक मनाउन गएका युवक मृत फेला

बैतडी । पिकनिक मनाउन बैतडीका एक युवक मृत फेला परेका छन् । दशरथचन्द नगरपालिका–१० खडेनी घर भएका जीवन बुडाल दशरथचन्द नगरपालिका ६ चौलानी नदी किनारमा मृत फेला परेका हुन् । 

शनिवार दिउँसो साथीहरुसँग पिकनिक मनाउन गएका बुडाल शनिबार राति ९ बजे चौलानी नदीमा मृत भेटिएको प्रहरीले जनाएको छ । 

मृतक युवक शनिवार आफन्त केही नातेदारसहित दशरथचन्द नगरपालिका–६, शेरा हुँदै चौलानी नदीको जाडा बगडसम्म पिकनिक मनाउन गएको खबर आएको दशरथचन्द नगरपालिका–६, का वडा अध्यक्ष महेन्द्र कार्कीले जानकारी दिए । 

बुडालको कसरी मृत्यु भयो भन्ने कुरा खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।