एसपिएको रजत जयन्तीः चार महिला क्रिकेटर सम्मानित

एसपिएको रजत जयन्तीः चार महिला क्रिकेटर सम्मानित

धनगढी  । धनगढी उपमहानगरपालिका–२ मा रहेको सुदूर पश्चिमाञ्चल एकेडेमी (एसपिए कलेज) को रजत जयन्तीका अवसरमा चार महिला क्रिकेटर  सम्मान गरेको छ ।

कार्यक्रममा केही महिनाअघि भएको प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा सहभागी सुदूरपश्चिम प्रदेश टोलीका चार जना महिला क्रिकेटरहरूलाई शुक्रवार सम्मान गरिएको हो । सुनसरीमा भएको प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले उपाधि जितेको थियो ।

कार्यक्रममा महिला क्रिकेटरहरू कविता कुँवर, ईश्वरी विष्ट र मनीषा चौधरीलाई सम्मान गरिएको हो । चारै जना सोही कलेजका विद्यार्थी पनि हुन ।

सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवा, एसपिए कलेजका अध्यक्ष योगेन्द्र बहादुर शाही, कलेजका प्रबन्ध निर्देशक सुवास शाही र क्याम्पस प्रमुख योगराज उपाध्यायले सम्मानित व्यक्तित्वहरूलाई सम्मानपत्र प्रदान गरेको थियो ।