बुढिगंगा १० मा विवाह गर्दा वडा कार्यालयको स्वीकृति

बुढिगंगा १० मा विवाह गर्दा वडा कार्यालयको स्वीकृति

बाजुरा । बाजुराको बुढीगंगा नगरपालिका  १० को वडा कार्यालयले विवाह गर्दा वडाको स्विकृति अनिवार्य गरेको छ । वडामा हुने बालविवाहका घटनाहरूलाई न्युनिकरण गर्नका लागि वडा कार्यालयले  बुढीगंगा १० भित्रका कुनैपनि केटाकेटीले विवाह गर्नुपुर्व वडा कार्यालयमा जन्मदर्ता पेश गरी स्विकृतीपछि मात्रै विवाह गर्न अनिवार्य गरेको वडा अध्यक्ष दल बहादुर साउँदले बताए  ।

साथै बालिववाह न्युनिकरणकै लागि विवाहको निमन्त्रणा कार्डमा जन्ममिति खुलाउन पनि वडा कार्यालयले अनिवार्य गरेको अध्यक्ष साउँदले बताए । विवाहको निमन्त्रणा कार्डमा जन्म मिति खुलाएपछि केटा र केटीको उमेर पनि सबैलाई जानकारी हुने र बालविवाहका घटना न्युनिकरण गर्न सहज हुने भएकाले वडा कार्यालयले सो कुरा अनिवार्य गरेको वडा कार्यालयद्वारा जारी सुचनामा उल्लेख गरिएको छ ।

साथै वडा कार्यालयले विवाहका लागि वडा कार्यालयबाट स्विकृती नलिई विवाह गरेको पाइएमा वडा कार्यालयबाट प्राप्त हुने जुनसुकै सेवा सुविधाबाट बन्चित गराइने पनि वडाध्यक्ष दलबहादुर साँउदद्वारा हस्ताक्षरित सुचनामा उल्लेख गरिएको छ ।

No description available.