सुनको मूल्य १४ सय रुपैयाँले घट्यो

सुनको मूल्य १४ सय रुपैयाँले घट्यो

काठमाडौँ । साताको पहिलो दिन आइतबार सुनको मूल्य १४ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको दर १ हजार ४ सय रुपैयाँले घटेर प्रतितोला १ लाख २ हजार रुपैयाँ कायम रहेको छ ।

अघिल्ले दिन शुक्रबार मात्रै १ लाख २ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । आइतबार तेजाबि सुन प्रतितोला १ लाख १ हजार ५ सय रुपैयाँ कायम रहेको महासंघले जनाएको छ । त्यसैगरी चाँदी १५ रुपैयाँले घटेर प्रतितोला १ हजार २ सय ६० रुपैयाँमा झरेको छ ।