चुरेमा व्यापक अनियमितता, एक लाखको कृषि सामग्री खरिदमा गर्दा ७० हजार घोटला

चुरेमा व्यापक अनियमितता, एक लाखको कृषि सामग्री खरिदमा गर्दा ७० हजार घोटला

धनगढी । चुरे गाउँपालिकाले कृषि सामग्री खरिदमा अनियमितता गरेको पाइएको छ । गाउँपालिकाले सुन्तला तथा फलफुल खेती गरिरहेका किसानका लागि खरिद गरेको सामग्रीमा अनियमितता गरेको पाइएको हो ।
पालिकाको कृषि शाखाले किसानका लागि खरिद गरेको क्रेट (तरकारी तथा फलफुल राख्न प्रयोग गरिने बकेट) खरिदमा अनियमितता गरेको तथ्य बाहिर आएको हो ।
पालिकाले एक लाखको बजेटमा किसानका लागि भनेर गत पुसमा ५७३ वटा सेकेण्ड हेण्ड तरकारी तथा फलफुल राख्न प्रयोग गरिने बकेट खरिद ग¥यो । र, त्यसमा पनि ७० हजार घोटला गरेको पाइयो ।

बजारमा प्रतिक्रेट नयाँ थोकमा रु.१५०÷२०० सम्म पर्दछ । प्रतिक्रेटको २०० मुल्य लगाउने हो भनेपनि १ लाख बजेटमा ५०० वटा खरिद गर्न सकिन्छ । तर, गाउँपालिकाले सस्तो लोकप्रियता कमाउनका लागि बजारमा प्रयोगविहीन अवस्थामा बिक्रिनै नभएर रहेका सेकेण्ड हेण्ड क्रेट (तरकारी तथा फलफुल राख्न प्रयोग गरिने बकेट) खरिद ग¥यो । बजारमा सेकेण्ड हेण्ड प्रतिक्रेटको रु.५०÷१०० पर्न जान्छ ।
पालिकाले खरिद गरेको सेकेण्ड हेण्ड क्रिट पनि कामै नलाग्ने टुटेफुटेका छन् । यसबाट पनि यो पुष्टि हुन्छकी गापाउँपालिकाले १ लाखको सामग्री खरिद गर्दा त रु।७० हजार सोझै घोटला गरेको देखिन्छ । भने लाखौंको सामग्री खरिद गर्दा कति घोटला गर्ला रु प्रश्न चिन्ह्र खडा भएको छ ।

गाउँपालिकाले बजेट अभावमा सेकेण्ड हेण्ड क्रेट (तरकारी तथा फलफुल राख्न प्रयोग गरिने बकेट) खरिद गरेको बताउँदै आएको छ ।
गाउँपालिकाले धनगढीको किसन एग्रोभोटबाट प्रयोगविहीन अवस्थामा रहेका सेकेण्ड हेण्ड क्रेट (तरकारी तथा फलफुल राख्न प्रयोग गरिने बकेट) खरिद ग¥योे । र, एक कार्यक्रमका बीच पालिकाभरिका किसानलाई वितरण गर्न थाल्यो । तर, केहि किसानले त्यो सेकेण्ड हेण्ड क्रेट (तरकारी तथा फलफुल राख्न प्रयोग गरिने बकेट) लिए । केहिले लिएनन् ।
पालिकाले वितरण गरेको कृषि सामग्रीप्रति चुरेका किसानहरुनै सन्तुष्ट छैनन् । उनीहरु भन्छन्—‘पालिकाले किसानको समस्या समाधान गर्ने भन्दापनि सस्तो लोकप्रियता कमाउनका लागि किसानको आँखामा छारो हाल्न खोज्यो ।’ चुरेका जनप्रतिनिधि र कर्मचारीले किसानको समस्यालाई आफ्नो व्यापार बनाएका उनीहरुको आरोप छ ।

एक किसानले नाम नबताउने सर्तमा भनेका छन्, ‘चुरे गाउँपालिकाले किसान लक्षित कार्यक्रम अन्र्तगत खरिद गरिएको भनिएका ५७३ वटा क्रेटहरु अत्तरिया र धनगढीको सब्जीमण्डीबाट उठाइ लिएर किसानलाई वितरण गरेजस्तो देखिन्छ ।’ उनले चुरेका जनप्रतिनीधिले सस्तो लोकप्रियताका लागि किसानहरुको समस्यालाई मजाक बनाएको आरोप लगाएका छन् ।
त्यस्तै, अर्का किसानले पनि खेतीपाती गर्नेहरुका समस्या जनप्रतिनीधि र कर्मचारीका लागि कमाइ गर्ने अस्त्र बनेको आरोप लगाएका छन् । उनले भने, ‘चुरे सुन्तलाको पकेट क्षेत्र हो । हामीले सुन्तला खेतीबाट वार्षिक लाखौं रकम आयआर्जन गर्दछौं । हाम्रो मुख्य समस्या क्रेट होइन । मल, सिंचाई र सुन्तलामा लाग्ने रोग हो ।’ 
उनले हाम्रो समस्या मल, सिंचाई र फलफुलमा लाग्ने रोग भएको जानकारी गराउँदा पनि यस विषयमा पालिका बेखबर जस्तै भएको दुखेसो सुनाए ।

यता, निगाली कृषि सहकारी संस्थाका अध्यक्ष तीर्थराज जोशीले पालिकाले कृषि सामग्री खरिद गर्दा पालिकाभित्र रहेका कृषि सहकारीहरुलाई जानकारी गर्नुपर्ने बताए । उनले भने, ‘कृषि सहकारीले किसानका समस्याहरुलाई प्रत्यक्षरुपमा अनुभूति गरेका हुन्छ । कृषि सहकारी किसानका समस्यासंग प्रत्यक्ष घुलमिल हुन्छ । त्यसैले पनि कृषि सामग्री खरिद गर्दा हामीसंग पनि समन्वय गर्नुपर्ने हो ।’
उनले पनि जनप्रतिनिधि र कर्मचारीले किसानका समस्यालाई आफ्नो व्यापार गर्ने माध्यम बनाएको आरोप लगाए ।
यस विषयमा चुरे गाउँपालिकाका निमित्त कार्यालय प्रमुख विविराज सोतीसंग बुझ्न खोज्दा उनले आफूलाई यो विषयमा जानकारी नभएको र कृषि शाखा प्रमुखलाई बुझ्नु भन्दै पन्छिए ।

गाउँपालिकाले आवश्यक सामग्री खरिद गर्दा खरिद र मुल्याँकन समिति गठन गर्नुपर्ने व्यवस्था छ । यी दुई समितिको संयोजक कार्यालय प्रमुख वा कार्यालय प्रमुखले तोकेको व्यक्ति हुने व्यवस्था हुँदा पनि निमित्त कार्यालय प्रमुख सोतीले आफूलाई जानकारी नभएको बताए ।