धनगढीमा आजदेखि सूचना प्रविधि प्रदर्शन हुँदै

धनगढीमा आजदेखि सूचना प्रविधि प्रदर्शन हुँदै

धनगढी । धनगढीमा आजदेखि इन्फोटेकको आयोजनामा सूचना प्रविधि प्रदर्शन हुने भएको छ। कम्प्युटर एशोशियसन नेपाल कैलालीको आयोजनामा फागुन १६ देखि  २० गतेसम्म सूचना प्रविधि प्रदर्शनी हुँदै छ।

 मेलामा सूचना प्रविधिको बारेमा जानकारी दिने, नविनतम प्राविधिक सामग्रीको प्रदर्शनी गरिने, साइबर सेक्युरिटी सम्बन्धी जानकारी दिइने जनाइएको छ। इन्फोटेकको मुख्य प्रायोजकमा नेपाल दुर संचार प्राधिकरण र एशोसियटमा नेपाल टेलिकम रहेका छन् ।

क्यान कैलालीका अध्यक्ष यज्ञ राज ओझाका अनुसार इन्फोटेकमा नेपाल बिज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ९नास्ट०  को सुविधा सम्पन्न मोबाइल बसमा बिभिन्न सेमीनारका बारेमा  जानकारी गराइने छ ।

अध्यक्ष ओझाका अनुसार इन्फोटेकमा ७० वटा स्टलबाट बिभिन्न कम्पनी, संस्थाहरुलाई आमन्त्रण गरेर नयाँ प्रविधिको प्रदर्शनी गरिनेछ । सुदूरपश्चिमका नौ वटै जिल्लालाई समेटेर ८० हजारदेखि १ लाख दर्शकलाई अवलोकन गराउने लक्ष्य  क्यानले गरेको छ । प्रदेश प्रमुख देवराज जोशीले प्रदर्शनी उद्घाटन गर्ने कार्यक्रम रहेको अध्यक्ष यज्ञराज ओझाले जानकारी दिए ।

पहिलो इन्फोटेक भएकको सात बर्षपछि क्यान कैलालीले दोश्रो संस्करणको आयोजना गर्न  लागेको हो । क्यान कैलालीले २०७२ मा पहिलो पटक क्यान इन्फोटेक आयोजना गरेको थियो ।