धनगढीमा सूचना प्रविधि प्रदर्शन सुरु (फोटो फिचर)

धनगढीमा सूचना प्रविधि प्रदर्शन सुरु (फोटो फिचर)

धनगढी । धनगढीमा आजदेखि इन्फोटेकको आयोजनामा सूचना प्रविधि प्रदर्शन सुरु भएको छ। कम्प्युटर एशोशियसन नेपाल कैलालीको आयोजनामा फागुन १६ देखि  २० गतेसम्म सूचना प्रविधि प्रदर्शनी भएको हो । 

No description available.
मेलामा सूचना प्रविधिको बारेमा जानकारी दिने, नविनतम प्राविधिक सामग्रीको प्रदर्शनी गरिने, साइबर सेक्युरिटी सम्बन्धी जानकारी दिइने जनाइएको छ। इन्फोटेकको मुख्य प्रायोजकमा नेपाल दुर संचार प्राधिकरण र एशोसियटमा नेपाल टेलिकम रहेका छन् ।

No description available.

No description available.

क्यान कैलालीका अध्यक्ष यज्ञ राज ओझाका अनुसार इन्फोटेकमा नेपाल बिज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)  को सुविधा सम्पन्न मोबाइल बसमा बिभिन्न सेमीनारका बारेमा  जानकारी गराइने छ ।

No description available.

No description available.

अध्यक्ष ओझाका अनुसार इन्फोटेकमा ७० वटा स्टलबाट बिभिन्न कम्पनी, संस्थाहरुलाई आमन्त्रण गरेर नयाँ प्रविधिको प्रदर्शनी गरिनेछ । सुदूरपश्चिमका नौ वटै जिल्लालाई समेटेर ८० हजारदेखि १ लाख दर्शकलाई अवलोकन गराउने लक्ष्य  क्यानले गरेको छ । प्रदेश प्रमुख देवराज जोशीले प्रदर्शनी उद्घाटन गरेका छन्  ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

 

फोटोहरु:सुनिता विक