कैलालीमा उद्योगी व्यवसायीको आन्दोलन

कैलालीमा उद्योगी व्यवसायीको आन्दोलन

धनगढी । सुदूरपश्चिमका व्यावसायीहरुले फागुन १५ गते देखि बिहान ११ बजे सम्म बजार बन्द गरेर सरकारलाई दबाब दिइरहेका यहाँका उद्योगी व्यवसायीहरूले आज बैङ्कहरूमा कारोबार नगर्ने भएका छन् । कैलालीमा पनि सशक्त रूपले आन्दोलन अघि बढिरहेको छ ।

बैङ्कहरूले लिइरहेको चर्को ब्याजदर विरुद्ध सुदूरपश्चिमका उद्योगी व्यवसायीहरू आन्दोलित बन्दै गएका छन् । 

बिहान ९ बजे देखी धनगढीको चटकपुर बाट चौराहा हुँदै पार्क मोडमा आज पनि विरोध ¥याली निकाल्ने कैलाली उद्योग वाणिज्य सङ्घले तयारी गरेको छ । पार्क मोडमा कोणसभा गर्ने र सबै बैङ्कहरूमा दबाब मूलक धर्ना दिने कार्यक्रम रहेको कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुवरले जानकारी दिए ।

कैलालीमा भइरहेको यस्तै आन्दोलन सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्ला तथा नगरहरूमा भइरहेको छ । उनीहरुले सरकारले ब्याजदर नघटाउँदा सम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् ।