'निलो फुल ' चलचित्र प्रर्दशनमा

'निलो फुल ' चलचित्र प्रर्दशनमा

मन्जु मैनाली -यौनिक तथा लैगिक अल्पसंख्यक समुदायका मानिसहरुलाइ हाम्रो समाजले गर्ने व्यवहार र हेर्ने दृश्यकोण फरक छ । यौनिक तथा लैगिक अल्पसंख्यक भन्ने बितिकै हाम्रो समाजले नकारात्मक दृश्यले हेर्ने गर्दछ ।

हाम्रो समाजमा भएको यौनिक तथा लैगिक अल्पसंख्यक समुदायका मानिसहरुलाइ गर्ने व्यबहार र हेर्ने दृश्यकोणलाइ समेटेर बनाइएको   सन्देश मुलक चलचित्र निलो फुल प्रदशनमा आएको छ ।

चलचित्रमा यौनिक तथा लैगिक अल्पसंख्यक समुदायको वास्तविक जीवन र घटनाहरुलाई  चलचित्र निलो फूल मार्फत देखाइएको छ । उक्त चलचित्रकम यौनिक तथा लैगिक अल्पसंख्यक समुदायले समाजमा भोगिआएका कुराहरुलाई प्रस्ट रुपमा प्रस्तुत गरिएको छ ।

एउटा पुरुषले पुरुष संगै विवाह गर्न खोज्दा समाज र घरपरिवारले दिने मानसिक तनाव,समाजले हेर्ने दृश्य र गर्ने व्यवहार कस्तो हुन्छ भन्ने कुरा कथामा प्रस्तुत गरिएको छ । एउटा पुरुष समलिङ्गी हुँदा उसलाई जबर्जस्ती धम्काउने र तर्साउने गरि जबर्जस्ति विवाह गरिदिएको कुरा कथामा प्रस्तुत गरिएको छ ।

यौनिक तथा लैगिक अल्पसंख्यकहरुलाइ इच्छा बिपरित विवाह गर्दिनाले अर्को व्यक्तिको जीवन कष्टकर बन्ने र अर्को व्यक्तिले दुख पाउने कुरा चलचित्रमा देखाईएको छ । 

समलिङ्गी सङ बिवाह गरि सन्तान नहुदा घर परिवार र समाजले दिने मानसिक यातनालाइ यस चलचित्र मार्फत देखाउन खोजिएको हो । यौनिक तथा लैगिक अल्पसंख्यक भनेको के हो भन्ने कुरा नै समाजले बुज्न नसकेको कारण पनि आज समाजमा  यी समुदायको मानिसहरुलाइ समाजमा बाच्न गाह्रो परेको कुरा चलचित्र मार्फत देखाउन खोजिएको छ । 
यौनिक तथा लैगिक अल्पसंख्यक समुदायका मानिसहरुलाई समाजले गर्ने व्यवहारले कहिलेकाही आत्महत्याको सोच आउने कुरालाइ प्रस्तुत गरिएको छ। लैङ्िगक विभेद कै कारण कति घरपरिवार देखि टाढा बस्नु परेको कुरा चलचित्रमा देखाउन खोजिएको छ।

चलचित्र हेरे पस्चात  गैरसरकारी संस्था बाग्मती प्रदेशकी अध्यक्ष आरति पाठकले तेस्रोलिङ्गी प्रकृतिका मानिसहरु धेरै जन्मिरहदा  लैङ्िगक विभेदको अन्त्य गर्न घरपरिवार र समाज सबै लाग्नु पर्ने बताइन।

प्रहरी निरीक्षक चुडा कुमारी खड्काले यौनिक तथा लैगिक अल्पसंख्यक समुदायका मानिसहरुको  कुनै जात धर्म अथवा पेशा हुदैन जुनसुकै पनि जात धर्म पेशा हुन सक्छ र यसलाइ हामी सबै बुज्न जरुरी छ भन्ने कुरा चलचित्रमा देखाउन खोजेको बताइन् ।

यस्तै पत्रकार केशव समर्पणले लामो समय देखि  समाचारको माध्यमबाट यौनिक तथा लैगिक अल्पसंख्यक समुदायका अधिकार प्रत्याभूति गराउनको लागि कमल चलाएको बताए। यो चलचित्रबाट धेरैले बुज्ने अवसर पाएको भन्दै अझै  चलचित्र तेस्रोलिङ्गीको कुरा पनि समेटिएको भए अझ राम्रो हुने कुरा बताउदै सुभकामना व्यक्त गरेका थिए।
महिला  तेस्रोलिङ्गी सन्ध्या लामा महिलाको नागरिक्ता निकालेको छु।हाम्रो समुदायको कथा र व्यथालाइ बाहिर ल्याउन यस कथाले मदत पुगेको छ।समाजले घरपरिवारले बुज्न नसकेको कारण कति दुख पाइरहेका र सडकमा उत्रिनु परेको बताउँछिन ।

सामाजिक विकास मन्त्री कुमारी मोक्तान तेस्रोलिङी विकृती हैन भन्ने कुएआ समाजलाइ बुजाउन जरुरी छ।पुरुष र स्त्री भनेर मात्रा नागरिकता पाइन्छ तर जे हो त्यही मा नागरिकता दिने व्यवस्था मिलाउन पर्ने बताइन् । यस्तै चलचित्रहरु मार्फत माया मन मिल्ने कुरा  केटाकेटी बिच मात्र हुने हैन भन्ने कुरा देखाउन पर्ने बताइन।समलिङ्गी र तेस्रोलिङ्गी समाजको विकृती हैन भन्ने कुरा बुज्न र बुजाउन आवश्यक रहेको बताइन् । बोलेर भन्दा पनि यस्तै चलचित्र बाट चै समाजलाइ बुजाउन सजिलो पर्ने कुरा पनि बताइन् ।

चलचित्रमा सागर घिमिरे, उर्मिला कार्की, घनश्याम जोशी, विमला गिरी लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।