प्रेमिकासँग बिहे गर्दै ऋतिक रोशन

प्रेमिकासँग बिहे गर्दै ऋतिक रोशन

सम्बन्ध विच्छेद गरेर बसेका बलिउड अभिनेता ऋतिक रोशनले बिहे गर्ने तयारी गरेका छन्। 

बलिउड लाइफका अनुसार ऋतिकले प्रेमिका सबा आजादसँग आगामी नोभेम्बरमा विवाह गर्ने भएका हुन्। 

हाल उनीहरू जुहुमा सँगै बसिरहेका छन्। 

दुई छोराका पिता  ऋतिकले सुजेन खानसँग २०१४ मा सम्बन्धविच्छेद गरेका थिए। सम्बन्धविच्छेद गरे पनि उनीहरू छोराहरूका कारण बेलाबेला भेटघाट गर्छन्।